केपी ओली ५ दिन सम्म झापा देखि तेह्रथुम रहने

0
SHARES
6
VIEWS

-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चार दिनका लागि कोशी प्रदेशका विभिन्न जिल्लाका कार्यक्रमहरुका लागि आज त्यसतर्फ जादैहुनुहुन्छ ।
नेकपा एमाले कोशी प्रदेश कमिटी सचिव चिन्तन पाठकका अनुसार अध्यक्ष ओली आज बिहान काठमाडौंबाट भद्रपुरका जाने कार्यक्रम छ । झापाको बुद्धशान्ती गाउँपालिकामा आयोजना गरिएको कार्यकर्ता भेटघाट कार्यक्रमलाई अधयक्ष ओलीले सम्बोधन गर्नुहुनेछ । अध्यक्ष ओलीसँगै उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ ले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको पाठकले जानकारी दिनुभयो । अध्यक्ष ओली आज इलामको पर्यटकीय क्षे कन्याममा बस्ने तय भएको छ । भोली इलाममा आयोजना हुने जिल्ला परिषद भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । भोली उहाँ पाँचथरको फिदिममा बास बस्नुहुनेछ ।
बैशाख १५ गते अध्यक्ष ओली आफ्नो जन्म गाउँ तेह्रथुमको आठराई गाउँपालिका पुग्नुहुनेछ । आठराईमा अध्यक्ष ओलीले सिटिइभिटीले निर्माण गरेको टेक्निकल कलेजको उद्घाटन गर्ने कार्यक्रम छ । सो ठाउँमा आफ्ना बाल्यकालका साथीहरुसँग भेटघाट र पुनर्मिलनको कार्यक्रम समेत राखिएको छ । तेह्रथुमको कार्यक्रम सकेर अध्यक्ष ओली फिदिममै बस्नुहुनेछ । १६ गते विबहान फिदिममा कार्यकर्ता भेटघाट कार्यक्रम सकेर अध्यक्ष ओली झापाको दमकमा बस्नुहुनेछ । दमकमा पार्टीले आयोजना २८ गते देखि आयोजना गरेको केन्द्रीय कमिटी बैठकको तयारीका बारेमा जिल्ला र प्रदेशका नेताहरुसँग छलफल गर्ने कार्यक्रम रहेको प्रदेश कमिटी सदस्य एवं प्रदेशसभा सदस्य होमबहादुर थापाले जानकारी दिनुभयो ।
बैठक स्थलको निक्र्यौल,नेताहरुको बासस्थानको व्यवस्था,बैठकपछि झापाका विभिन्न राजनीतिक र पर्यटकीय स्थलहरु नेताहरुलाई अवलोकन गराउने ठाउँहरु टुंगो लगाइने थापाले जानकारी दिनुभयो ।

१७ गते अध्यक्ष ओली झापाबाट काठमाडौं फर्कनु हुनेछ ।yobelabata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार