बिर्तामोड खानेपानीको अधिबेशनबाट नयां कार्यसमिती आउने तयारी,

0
SHARES
39
VIEWS

बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन मिति तय भएको छ ।

आज संस्थाको कार्यालयमा बसेको कार्यसमितिको बैडकले यही जेठ १५ गते नयाँ नेतृत्वका लागि निर्वाचन गर्ने निर्णय गरेको हो ।

देशकै उत्कृष्ट खानेपानी संस्थाको रुपमा रहेको संस्थाले ग्राहकलाई चौबीसै घण्टा पानी उपलब्ध गराउँदै आएको छ । बिर्तामोडको पानीको गुणस्तर ६ दशमलव ९ पिएच रहेको छ ।

चार बर्से कार्यकालका लागि हुने चुनावमा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र चारजना सदस्य निर्वाचित हुने प्रावधान छ ।

बिर्तामोड खानेपानीमा आठ हजार ५०० ग्राहक रहेका छन् । आठौँ कार्यकालमा लागि हुने निर्वाचनमा भाग लिन उपभोक्ताले २०७९ माघ मसान्तसम्मको महशुल भुक्तानी गर्नुपर्ने प्रशासन प्रमुख खड्गराज गिरीले जानकारी दिए ।

यसैबीच, संस्थाले निर्वाचनलाई लक्षित गरेर धमाधम डिजिटल परिचयपत्र बनाइरहेको छ । क्युआरसहितको डिजिटल परिचयपत्र बनाउन ग्राहकलाई आग्रह गरिएको गिरीले बताए ।

निर्वाचनमा मतदान गर्न सो डिजिटल परिचयपत्र अनिवार्य गरिएको छ । कारणवश नभए पुरानो हस्तलिखित परिचयपत्रका साथमा नागरिकताको प्रमाणपत्र चाहिने संस्थाले जनाएको छ ।

संस्थाका अनुसार यही बैशाख मसान्तसम्म नामसारी गर्ने, परिचयपत्र बनाउने तथा नयाँ धारा जडान गर्ने ग्राहकलाई मात्र निर्वाचनमा सहभागी गराइने गिरीले जानकारी दिए ।

बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था अध्यक्ष जलकुमार गुरुङको कार्यकालमा दुईपटक देशकै उत्कृष्ट भएको थियो ।

सहरी विकास मन्त्रालयअन्तर्गतको नगर विकास कोषबाट उत्कृष्ट सेवाग्राही घोषित भएको बिर्तामोड खानेपानी पुरस्कृत पनि भएको थियो ।

खानेपानी सञ्चालन, पानीको गुणस्तर, महशुल, लिकेजलगायतलाई आधार मानेर दसजनाको विज्ञ टोलीले गरेको मूल्यांकनमा संस्था उत्कृष्ट बन्न सफल भएको थियो ।

संस्थाले नगर विकास कोषबाट आयोजना सञ्चालन, मर्मत सम्भारका लागि लिएको ऋणको भुक्तानी, आयोजना समयमै सम्पन्न, उपभोक्ताहरुलाई दिएको सुविधाजस्ता मापदण्डमा संस्था अगाडि रहेको र त्यसैको प्रतिफल स्वरुप उत्कृष्ट घोषित भएको संस्थाका सचिव मेघराज बाँस्तोलाले जानकारी दिए ।

संस्थाका संस्थापक अध्यक्ष टोरुप प्रसाईंले नेतृत्व सम्हालेदेखि नै बिर्तामोड खानेपानी संस्था अब्बल रहँदै आएको छ । पछिल्लो समय जलकुमार गुरुङले नेतृत्व सम्हालेयता यसको कुशल व्यवस्थापनका कारण यसले देशभरिमै आफ्नो पहिचान बनाउन सफल भएको हो ।

संस्थाले दैनिक एक करोड ६० लाख लिटर पानी उत्पादन गरी उपभोक्तालाई उपलब्ध गराउँदै आएको छ । संस्थाको ४ वटा स्वीमबाट अहिले सातवटा पम्पले दैनिक एक करोड ६० लाख लिटर पानी उत्पादन गरी उपभोक्ताहरुलाई चौबीसै घण्टा पानी उपलब्ध गराउँदै आएको संस्थाको अध्यक्ष गुरुङले जानकारी दिए ।

संस्थाले ३ वटा ओभरहेड ट्याङ्की, १३ वटा डिप बोरिङ, ८ वटा फिल्टर प्लान्टमार्फत ८ हजार ५ सय उपभोक्तामाझ खानेपानी पु¥याउँदै आएको सचिव बास्तोलाले बताए ।झापाटुडे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार