वित्तिय क्षेत्रमा अख्तियार लगाएर व्यावसायीमाथि सरकार आतंक सिर्जना गर्न खोज्दैछ …उपाध्यक्ष बैद्द

0
SHARES
15
VIEWS

अख्तियारले वित्तिय क्षेत्रमा गर्न लागेको हस्तक्षेपको नेपाल उद्दोग बाणिज्य महासघंले आपत्ति जनाएको छ ।
आज झापाका् भद्रपुरमा झापा उद्दोग बाणिज्य सघंको अधिवेसनलाइ सम्वोधन गर्नुहुदै उपाध्याक्ष सुर कुष्ण बैद्दले वित्तिय क्षेत्रमा अख्तियारलाइ जिम्मेवारी दिन लागेको प्रति आपत्ति जनाउदै यो सरकार गर्न लागेको निर्णय तुरुन्तै फिर्ता लिन समेत अनुरोध गर्नुभएको हो । नेपालको पछिल्लो आर्थिक स्थिती धरासायी भएको बेला नेपाल सरकारले गर्न लागेको यो कामले आर्थिक क्षेत्र अझ तहस नहस हुने बैद्दको भनाइ छ ।

आज विहीवार झापा उद्दोग बाणिज्य सघंको २४ औ साधरण सभा तथा अधिवेसनलाइ सम्वोधन गर्न झापा आउनुभएको बैद्दले देशको स्थिती धरासायी भएकोले राष्ट बैक गम्भिर बन्नुपर्ने बैद्दको भनाइ छ ।
अधिवेसनमा सन्चारकर्मी राजबावु शकंर सहित पुर्व अध्यक्ष हरु राजकुमार अग्रवाल,उमेश डालमिया,नारायण ढुगांना,ओम सरावगी,तथा मदन लाल अग्रवाल र महाविर अग्रवाललाइ समेत सम्मान गरिएको थियो ।
सघंका झापा अध्यक्ष राजु पनेरु नवराजको अध्यक्षता भएको अधिवेसनमा नेपाल उद्दोग बाणिज्य महासघंका केन्द्रिय सदस्यहरु ताराबहादुर कार्की ,नरेन्द्र खड्का ,उमेश डालमिया,किर्तीपुर उद्दोग बाणिज्य सघंका अध्यक्ष राज्य लक्ष्मी शाक्य ,कोशी प्रदेशका उपाध्यक्ष कुमार मणि पोखरेल,पुर्व अध्यक्ष राजेन्द्र घिमिरे लगाएतले बाणिज्य सघंका चुनौती तथा आउने दिनका समस्याका वारेमा बोल्नु भएको थियो ।
महासचिव पकंज शर्माले सन्चालन गर्नूभएको कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी शिवराज पोखरेल,प्रहरी उपरिक्षक दुर्गा राज रेग्मी लगाएतले पछिल्लो आर्थिक समस्याका वारेमा ध्यानाकर्षण गराउदै आउने दिनमा अझ आर्थिक समस्या जटिल बन्न सक्ने र व्यावसायिहरुले धर्य गर्नूपर्नेमा जोड दिनुभएको थियो ,आउने बैशाख २८गते नयाँ कार्यसमितीको निर्वाचन हुने गरि अधिवेसन सम्पन्न भएको छ ।https://youtu.be/WMxltsNjfn4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार