३५ बर्स पछि झापामा एमालेको केन्द्रीय बैठक बस्दै, ९ वटा समिती बनाएर

0
SHARES
20
VIEWS

– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा हुने केन्द्रीय कमिटीको पाँचौं बैठकलाई भव्यताका साथ सम्पन्न गर्न जिल्ला कमिटीले विभिन्न उपसमितीहरु गठन गरेको छ ।
जिल्ला अध्यक्ष दिपक कार्कीको अध्यक्षतामा हिजो बसेको बैठकले केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरुको झापा बसाइ सहज बनाउन नौवटा समिती गठन गरेर विभिन्न नेताहरुलाई जिम्मेवारी दिएको छ ।
अध्यक्ष कार्कीका अनुसार ३५ वर्षपछि झापामा हुन लागेको केन्द्रीय कमिटीको बैठकलाई झापालीले ऐतिहासिक अवसरका रुपमा लिने भन्दै यसलाई भव्य रुपमा सम्पन्न गर्न पार्टीका सबै जनवर्गीय संगठनहरुलाई समेत विभिन्न भूमिका दिइएको छ ।
बैशाख २९ देखि ३१ गतेसम्म दमकमा हुने बैठकमा अतिथीहरुको सहज व्यवस्थपनका लागि विभिन्न नेताहरुलाई जिम्मेवारी दिइएको छ । पार्टीले जारी गरेको निर्देशन अनुसार मुल व्यवस्थापन समितीको संयोजक स्थायी कमिटी सदस्य एवं झापा इन्चार्ज अग्नी खरेललाई तोकिएको छ । समितीमा पोलिटव्यूरो सदस्य देवेन्द्र दाहाल,केन्द्रीय सदस्यहरु रविन कोइराला,रोमनाथ ओली,गीता अधिकारी,हरी राजवंसी,मेनका काफ्लेलाई जिम्मा दिएको छ । यसैगरी प्रदेश सदस्यहरु होमबहादुर थापा,एलपी साँवा,मदन अधिकारी,हिरा थापा,अम्बर शिवाकोटी,अम्बिका खनाल रहनुभएको छ । जिल्ला सचिव शिव ढुंगेल र सदस्य तुलसी कार्कीलाई पनि मुल व्यवस्थापन समितीको जिम्मेवारी दिइएको छ ।योबेलाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार