बुट्टावबारी–प्याकुरेलचोक सडक कालोपत्रे गर्ने कार्यको शुभारम्भ

0
SHARES
7
VIEWS

बिर्तामोड नगरपालिकाको नगर गौरवको आयोजनाका रुपमा रहेको बुट्टावबारी–प्याकुरेलचोक सडक खण्ड कालोपत्रे गर्ने कार्यको आज शुभारम्भ गरिएको छ ।

बट्टावबारीमा आज बिहान आयोजित एक समारोहका बीच ६ दशमलव २ किलोमिटर लम्वाई रहेको उक्त सडक निर्माणको शिलान्यास गरिएको हो ।

बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रादेवी महतारा प्रसाईले कालोपत्रे सडक निर्माण शिलान्यासको शिलालेख अनावरण गर्दै निर्माण शुभारम्भ भएको जनाउ दिएकी हुन् । शिलान्यास पछि आफ्नो मन्तब्यमा उनले उक्त सडक नगर गौरवको आयोजनाका रुपमा रहेको अवगत गराएकी थियन् ।

विश्व बैंकको ५१ करोड २९ लाख ६१ हजार ३७२ रुपैयाँको लागतमा निर्माण हुने सो सडक दुई वर्ष भित्र सम्पन्न गर्ने सम्झौंता भएको छ । १२ मिटर चौडाई रहेको सो सडकलाई ७ मिटरमा कालोपत्रे गरिने बताइएको छ । सडकको दाँया वाँया डेन निर्माण गरिने छ भने सडकको दुवैतर्फ सडक बत्ती, गार्डेन र फुटपाथ रहने जनाइएको छ ।

सडक निर्माणका लागि आरपी स्याप समता जेभीले ठेक्का पाएका छन् भने परामर्शदाताका रुपमा डीभी मल्टीशिल्ट उदयगंगा रिदाग आरसी जेभी रहेका छन् । सो सडक मार्गबाट बिर्तामोड नगरपालिका वडा नं. ६, ७ र ८ नम्वरलाई जोड्दै सदरमुकाम चन्द्रगढी जान सहज हुनेछ ।

उक्त सडकको शिलान्यास कार्यक्रममा निर्माण परियोजनाका विषयमा नगरपालिकाका इञ्जिनियर नरेन्द्र श्रेष्ठले प्रकाश पारेका थिए ।

बिर्तामोड नगरपालिका वडानम्वर ६ का वडाध्यक्ष सूर्य कन्दंवाको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाका निर्वतमान नगर प्रमुख ध्रुवकुमार शिवाकाटी, नेकपा एमालेका बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, राप्रपाका जिल्ला उपाध्यक्ष ध्रुव उप्रेती, नेकपा माओवादीका जेवी जवेगू लगायतले मन्तव्य राखेका थिए ।

बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन नगरपालिकाका वरिष्ठ योजना अधिकृत जय तिम्सिनाले गरेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार