यार्सागुम्बा सकंलकको ढुङ्गा लागेर मृत्यु

0
SHARES
7
VIEWS

। दार्चुलामा ढुंगाले लागेर व्यास गाउँपालिका–१ कुन्तिमा एक यार्सागुम्बा संकलकको मृत्यु भएको छ । अर्का एक संकलक घाइते भएका छन् ।

यार्सागुम्बा संकलनका क्रममा बिहीबार ढुंगाले लागेर व्यास गाउँपालिका–१ छाङरुका ४२ वर्षीय वीरसिँह ऐतवालको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । यार्सागुम्बा संकलन गर्ने क्रममा माथिबाट खसेको ढुंगाले उनको टाउकोमा चोट लागेको थियो । ऐतवालको घट्नास्थलमै मृत्यु भएको उनले बताए ।

सितापुल प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले घाइते पुष्कर ऐतवालको उद्धार गरेको छ । सामान्य चोट लागेका उनको घरमै प्राथमिक उपचार भइरहेको चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक प्रकाशबहादुर सिंहले जानकारी दिए ।दैनिकनेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार