नेक्सन इभी म्याक्स बिर्तामोडबाट सार्वजनिक

0
SHARES
10
VIEWS

झापा । टाटा मोटर्सको नेपालका लागि एकमात्र वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटाको नेक्सन इभी म्याक्स बिर्तामोडस्थित अलास्का अटोमोवाइलमा एक कार्यक्रम गरी आजदेखि सार्वजनिक गरेको छ ।

यातायात क्षेत्रको द्रुत विद्युतीकरण गर्ने आफ्नो प्रतिवद्धता अनुरुप टाटा मोटर्सले आजबाट नेक्सन इभी म्याक्सको बिर्तामोडमा विक्री वितरण शुभारम्भ गरेको हो । कम्पनीको सर्वोत्कृष्ट ढंगले बिक्री भइरहेको नेक्सन इभीको विस्तारित स्वरूप यो नयाँ गाडी ७.२ किलोवाट चार्जिङ्गको व्यवस्थासहित ४६ लाख ४९ हजार रुपैयाँमा पाइने जनाएको छ ।

उत्कृष्ट एवं दिगो “मोबिलिटी”मा विश्वास राख्ने ग्राहकहरुलाई लक्षित गरी नेक्सन इभी म्याक्सले देशको समग्र विद्युतीय सवारी साधनको बजारलाई नयाँ उचाई पुर्याउने अपेक्षा गरिएको गाडी सार्वजनिक गर्ने कार्यक्रममा जनाइएको छ । उच्च भोल्टेजको उच्चतम जिपट्रन प्रविधियुक्त सो विद्युतीय गाडी इन्टेन–टिल, डेटना र प्रिसटिन गरी तिनवटा आकर्षक रङ्गहरुमा उपलब्ध छन् भने स्ट्यान्डर्ड रङ्गको रुपमा डुएल टन बडी पनि उपलब्ध रहेको जनाइएको छ ।

उक्त कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रालि, प्यासेन्जर भेहिकलका महाप्रबन्धक सावन्त जंग सिजापतीले नेक्सन इभीको नयाँ संस्करण नेक्सन इभी म्याक्स बिर्तामोडमा सार्वजनिक गर्न पाउँदा खुुसी एवम् उत्सासाहित भएको बताए । नयाँ बिशेषताहरु र थप सुविधायुक्त सो गाडीले ग्राहकहरुको विश्वास जित्न सफल हुने उनको विश्वास थियो ।

यसैगरी कार्यक्रममा टाटा मोटर्सका तर्फबाट नेपालका लागि कन्ट्री म्यानेजर प्रशन्न रंगनाथन, तत्कालीन संविधान सभाका सदस्य सुधिरकुमार शिवाकोटी, प्रदेश सांसद उद्धव थापा, अलास्का अटोमोवाइल्सका संचालक प्रकाश शिवाकोटी लगायतले आफ्ना धारणा राखेका थिए ।onlinebata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार