स्टार, स्टार क्रिकेट टिम, डि डब्ल्यु वानको जित

0
SHARES
17
VIEWS

र्तामोड नगर खेलकुद बिकास समितिको आयोजनामा शनिबारदेखि शुरु भएको प्रथम कर्पाेरेड सुपर सिक्स क्रिकेट प्रतियोगितामा ४ वटा खेल सम्पन्न भएका छन् । पहिलो इनिङ सम्पन्न भएका २ वटा खेल बर्षाका कारण रोकिएका छन् ।

पुर्व राष्ट्रिय लेजेण्ड खेलाडीहरुको सहभागिता रहेको टिमहरुले बिर्तामोडको डोमालाल राजबंशी रंगशालामा उत्कृष्ट प्रदर्शन गरेका थिए । बिर्तामोड नगरपालिकाभित्रका २१ वटा कर्पाेरेट टिमहरुको सहभागितामा सञ्चालित प्रतियोगितामा शनिबार मन्त्र थकाली, न्यु स्टार, स्टार क्रिकेट टिम, डि डब्ल्यु वानले जित हात पारेका छन् ।

उद्घाटन खेलमा बिर्तामोडको मन्त्र थकालीले एक्स्पर्ट एजुकेशन कन्सलटेन्सीलाई १ विकेटले जितेको छ । एक्सपर्टले दिएको ५१ रनको लक्ष्य ५ विकेट गुमाएर १ बल अघि नै मन्त्र थकालीले जित हात पा¥यो । बिश्व रेकर्ड बनाएका नेपालका पुर्व राष्ट्रिय खेलाडी मेहबुब आलम सहभागी टिमले एक्सपर्ट बिरुद्ध संघर्षपुर्ण जित निकालेको थियो । आलमले २१ रन जोडेका थिए भने, १ ओभर बलिङ गर्दा ७ रन खर्चिएका थिए । सो खेलको म्यान अफ द म्याच १ विकेट लिएर १८ रन जोडेका अभ्यास तिम्सिना घोषित भए ।

यस्तै दोस्रो खेलमा डि डब्ल्यु वानले रामचोक युवा क्लबलाई ५ विकेटले हराएको छ । राष्ट्रिय लेजेण्ड खेलाडी सिद्धान्त लोहनी सम्मिलित डि डब्ल्युले रामचोक युवा क्लबले दिएको ३२ रनको लक्ष्य २ दशमलब २ ओभरमै १ विकेटको क्षतिमा भेटाएको थियो । सो खेलको म्यान अफ द म्याच १ विकेट लिएर १५ रन जोडेका बिकास राजबंशी भएका थिए ।

तेस्रो खेलमा बिएमवाइसिसीलाई ४२ रनले हराउँदै न्यु स्टार बिजयी भएको छ । सो खेलको म्यान अफ द म्याच सुरज न्यौपाने भएका थिए ।

चौथो खेलमा स्टार क्रिकेट क्लबले मारवाडी युवा मञ्चलाई १० रनले हराउँदै अघिल्लो चरण प्रवेश गरेको छ । स्टारले दिएको ५९ रनको लक्ष्य मारवाडी युवा मञ्चले निर्धारित ५ ओभर खेल्दा ४८ रनमात्र जोड्न सकेको थियो । सो खेलको म्यान अफ द म्याच स्टारका १ विकेट लिएर १० रन जोडेका सुमन गहतराज भएका थिए ।

शनिबार नै बि डब्ल्यु २ र बोस्टन एकाडेमीबीचको खेल पहिलो इनिङ सम्पन्न भएपछि बर्षाका कारण अवरुद्ध भएको थियो । बोस्टनसामु बि डब्ल्युले ५८ रनको टार्गेट दिएको छ । त्यस्तै राउण्ड टेबल र इञ्जिनियरिङ एशोसिएसनबीचको खेलपनि बर्षाका कारण नै रोकिएको छ । राउण्ड डेबलले पहिला ब्याटिङ गर्दै ४४ रनको लक्ष्य दिएकोमा दोस्रो इनिङको खेल भइरहँदा रोकिएको हो । सो खेलहरु आइतबार खेलाइने आयोजक समितिका संयोजक विशाल अग्रवालले जानकारी दिए ।

भब्य समारोहकाबीच उद्घाटन भएको प्रथम सुपर सिक्स कर्पाेरेट क्रिकेट प्रतियोगितामा नगरका २१ टिमको सहभागिता रहेको छ । खेलकुदमा सहभागी कर्पाेरेट हाउसहरुले बिर्तामोडमा स्थायी रंगशालाको माग गरेका थिए । प्रमुख अतिथि रहेकी बिर्तामोड नगरपालिकाका मेयर पवित्रा महताराले आगामी आर्थिक बर्षबाट नगरले रंगशाला निर्माणका लागि बजेट ब्यवस्थापन गर्ने प्रतिबद्धता जनाएकी थिइन् । कार्यक्रममा नगरका उपप्रमुख नगेन्द्र संग्रौला, झापा गोल्डकप आयोजक समितिका संयोजक बिनोद बस्नेत लगायतले बिभिन्न प्रकारका खेलकुद गतिविधी भइरहँदा पनि स्थायी रंगशाला नहुँदा समस्या भएको बताएका थिए । नगर खेलकुद बिकास समितिका अध्यक्ष बिकास गिरीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

आइतबार सम्पन्न गर्ने प्रतियोगिता डे–नाइट फरम्याटमा हुने जनाइएको छ । फाइनल खेल अघि कुटुम्ब ब्याण्डको सांगितिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।झापाबट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार