एभरेस्ट बैकका प्रमुख शाक्य ठगि मुद्दामा प्रकाउ

0
SHARES
11
VIEWS

एभरेष्ट बैंकको सुनसरीको इटहरीस्थित शाखा कार्यालयका प्रमुख विश्वराज शाक्यलाई प्रहरीले पक्राउ गरेको छ ।

ग्राहकको डेढ करोडभन्दा बढी रुपैयाँ ठगी गरेको आरोपमा शाखा प्रमुख सिन्धुपाल्चोक घर भएका ४२ वर्षीय शाक्यसहित ९ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो ।

एभरेष्ट बैंकको इटहरी शाखाबाट विभिन्न ३३ जना ग्राहकको बैंक खाताबाट एक करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ रकम ठगी गरेको पाइएकाले उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा बैंकको गाइघाट शाखाका अप्रेसन इञ्चार्ज विराटनगरका ३४ वर्षीय निरज प्रधान, काठमाडौं घर भएका सुपरभाइजर ३७ वर्षीय धावा लामा, कनिष्ट सहायकहरू भोजपुर सडानन्द नगरपालिका ९ का २७ वर्षीय मनोज घिमिरे, इटहरी ७ का २७ वर्षीय देवराज घिमिरे, सुनसरी अमाहीबेल्हाका २७ बर्षीय रन्जित पण्डित र टेलर इटहरी २ की ३० बर्षीय पवित्रा कटवाल छन् ।

त्यस्तै, रकम ठगी गर्ने गिरोहमा संलग्न धनुषाका शंकर भुजेल र भक्तपुर सूर्यबिनायकका अजय खिउजुलाई पनि पक्राउ गरिएको छ ।दैनिकनेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार