राजवंशी कोटामा ठगी गर्ने गिरोहका नाइके नियन्त्रणमा

0
SHARES
21
VIEWS

राजवंशी कोटामा वैदेशिक रोजगारीका लागि जापान लैजाने भन्दै ठगी गर्ने गिरोहका नाइकेलाई मोरङ प्रहरीले आइतबार नियन्त्रणमा लिएको छ । जापानमा बसेर आफन्तलाई फोन गरेर रोजगारीका लागि जापान लैजाने भन्दै गिरोहमार्फत रकम असुली गरेर ठगी गरेको भन्दै प्रहरीले मोरङको सुनवर्षी नगरपालिका-६ का ३५ वर्षीय अजयकुमार राजवंशीलाई पक्राउ गरेको हो ।

उनले एक वर्षअघि जापानमा बसेर नाता पर्ने सुरेन्द्र राजवंशीलगायत ३६ जनालाई फोन गरेर जापान लैजाने भन्दै २ करोड ५३ लाख ७५ हजार रुपैयाँ ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।

मोरङ प्रहरीका अनुसार गिरोहका रन्जितकुमार राजवंशी, प्रमोदकुमार राजवंशी, विद्याकुमारी राजवंशी र अनुराधा राजवंशी फरार छन् । प्रहरीका अनुसार पीडित ३६ जनाले अजयसहित ६ जनाविरुद्ध ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । तीमध्ये अजयका बाबु विशमलाललाई प्रहरीले पीडितको उजुरीलगत्तै नियन्त्रणमा लिएर सोधपुछ गरी हाजिरी जवानीमा छाडेको थियो । चार वर्ष जापानमा बसेका अजयले जापानमै रहेको समयमा मोरङ र झापाका भित्री इलाकामा बसोबास गर्ने ३६ जना राजवंशी परिवारलाई राजवंशी कोटामा रोजगारीका लागि जापान लैजा भन्दै आफन्तमार्फत रकम असुली गरेर सम्पर्कविहीन भएको बताइएको छ ।

अजयलाई अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरेको छ ekantipur bata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार