हात्ती मृत अवस्थामा भेटिएपछि कोशी टप्पुबाट प्राविधिक झिकायो झापा बन डिभिजनले

0
SHARES
13
VIEWS

झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ मा एउटा जंगली हात्ती मृत अवस्थामा फेला परेको छ ।
साबिक बुधबारे ८ स्थित शितल चोकका एकजना किसानको खेतमा आज बिहान सो हात्ती मृत अवस्थामा फेला परेको हो ।
करिब २५ वर्षको पोथी हात्तीको विद्युतीय करेन्टका कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।
हात्तीको मृत्युबारे अनुसन्धान गर्न कोशी टप्पुबाट टोली बोलाइएको डिभिजन वन कार्यालयका अधिकृत जीवन पाठकले बताए । योसहित यस वर्षमात्र झापामा विद्युतीय करेन्टका कारण दुईवटा हात्तीको मृत्यु भइसकेको छ । गतवर्ष तीनवटा हात्ती त्यसरी मारिएका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार