काग्रेस झुटको खेतीमा लागेको छ… युवा नेता रमेश पौडेल

0
SHARES
32
VIEWS

आर्जु राणा र मन्जु खांडलाइ समेत जोगाउन नेपाली काग्रेस झुटको खेतीमा लागेको एमालेको युवा नेता रमेश पौडेलले बताउनुभएको छ ।
आज सामाजिक सन्जालमा एमालेका युवा नेता पौडेलले सत्ताले सत्य छोप्न खोजेको तर एमालेले प्रतिकार गरेर बास्तविकता नागरिक माझ ल्याएरै छोडने बताउनुभएको हो ।
पुर्व प्रधानमन्त्री शेर बहादुर देउवा पत्नी समेत नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि एमालेलाइ हिलो छ्यापेर आफुहरु उम्किन खोजेको तर एमालेले त्यसलाइ प्रतिकार गरेरै भष्टाचारीलाइ कार्वाही गराएरै छोडने बताउनुभएको छ ।
पौडेल सामाजिक सन्जालमा लेख्नुहुन्छ
सत्ताले सत्य छोप्न खोज्दै छ । झुट कथा मन्चन गरेर , भ्रष्ट र भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेको काग्रेस कार्यकर्ता केशव दुलाललाई कथा मन्चन र बाचन गर्न लगाएर एक जना भोलिको अबसरको लोभ देखाई एआईजीको सक्रियतामा मिडियामा ल्याएर एमाले ड्यामेज गर्ने तिम्रा योजना हामीले बुझेका छौ ।
तिमीलाई आर्जु( मन्जु बचाउनु छ । खाडलाई छुटाउनु छ । यो प्रकरण ढिसमिस गर्नु छ। यी सबै कामका लागि एमाले बाधक देखिदै छ ।
तसर्थ , एमालेको मुल नेतृत्वमाथि राजेश बज्राचार्य मार्फत झटारो हान्दा यो मुद्दा कमजोर बनाउन सकिन्छ भन्ने निष्कर्षका आधारमा यी काम हुदैछन् । तिम्रा बुद्धिदेख्दा पनि उदेक लागेर आउछ । ए प्रपोगण्डे मित्रहरु हो , एमाले भ्रष्टाचारका बिरुद्धमा छ ।
र, सधैं रहन्छ । निर्दोषलाई बदनाम गर्ने र मुद्दा कमजोर पार्ने काम बन्द गर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार