कता हरायो अर्बौ अपचलनको प्रभु बैकको अशोक शेरचनको मुद्दा ?

0
SHARES
12
VIEWS

काठमाडौं । प्रभु बैंकमा सीईओका रुपमा रहेर आफन्तका नाममा अर्बौं ऋण अपचलनको आरोप लागेका प्रमुख कार्यकारी अधिकृत(सीईओ)अशोक शेरचनविरुद्ध राष्ट्र बैंक हुँदै सीआइबीसम्म पुगेको उजुरी यतिखेर सेलाएको छ । सीईओ भएर कार्यभार सम्हालेपछि उनले आफन्तका नाममा मनलाग्दी कर्जा बाँडेका थिए । विवादमा मुछिइरहने तर विवादलाई सामसुम पार्न माहिर शेरचनको धन्दालाई यतिखेर सञ्चारमाध्यमले बाहिर ल्याउन छाडेसँगै राष्ट्र बैंकले पनि चासो देखाएको छैन भने सीआइबीले त झन् उजुरीनै नपरेको जसरी जवाफ दिन थालेको छ ।

केही वर्षअघि प्रभु बैंकका सिईओ अशोक शेरचन आफैले सहायक कम्पनी खडा गरि अर्बौ ऋण अपचलन गरेको प्रकरणमा राष्ट्र बैंकको अनुसन्धानमा तानिएका थिए तर पनि शक्ति केन्द्रहरुको दबावका कारण उनिमाथि छानविन हुन सकेको छैन ।केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले शेरचनले आफन्तका नाममा कर्जा प्रवाह गरी करोडौं अपचलन गरेको प्रकरण छानविन गर्न खोज्दा राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालिन गृह सचिव महेश्वर न्यौपानेले छानविन नै रोकाएका थिए । त्यसयता झन् बैंकभित्र शेरचनको मनपरी बढेको छ ।

बैंकको नेतृत्वमा रहेर शेरचन र उनको समूहले दर्जनभन्दा बढी बैंकिङ अपराध गरेको तथ्य उजागर भइसकेको छ ।आफुखुशी बैंकनै धराशायी पर्ने गरी जथाभावी कर्जा प्रवाह गरेर बैंक एकलौटी बनाउँदा पनि नियामक र जिम्मेवार निकाय कारबाही गर्न हात कमाएको देख्न विबश बैंककै शेयरधनी एवं कार्यरत कर्मचारीहरु समेत यतिबेला चिन्तित बन्न थालेका छन् ।

अनलाइनपानासँगको सम्पर्कमा रहेका एक बैंककै कर्मचारीले नाम नखुलाउने शर्तमा बैंकको पदीय जिम्मेवारी सम्हालिरहेका शेरचनले आफ्नै हात जगन्नाथ गर्दै स्वार्थ समूह र आफन्तलाई सर्वसाधारणले जम्मा गरेको निक्षेप कनिका छरे जसरी मनलाग्दी छरेको बताएका छन् ।

शेरचन र उनको समूहले शेरचनले आफ्ना ससुरा हरिकृष्ण भट्टचन प्रमुख सञ्चालक रहेको रामजानकी हेल्थ फाउण्डेसनद्वारा सञ्चालित डुबेको जानकी मेडिकल कलेजलाई प्रवाह गरेको २ अर्ब ५० करोड ऋण जोखिममा परेको भन्दै अहिले पनि बैंकभित्रैबाट विरोध भइरहेको छ । राम जानकी हेल्थ फाउण्डेशनद्वारा सञ्चालित उक्त डुबेको मेडिकल कलेजलाई शेरचनले आफ्नो तजविजीमा अनधिकृत तवरले पटक–पटक ऋण लगानी गरि निक्षेपकर्ताको लगानी नै जोखिममा पारेका छन् ।

कलेजको सञ्चालकमा उनका ससुरा हरिकृष्ण भट्टचन सहित धनबहादुर शेरचन र हिरामान लामा रहेका छन् । यद्यपि विभिन्न मिडियामा समाचार बाहिरिएपछि चोखिन हाल उक्त मेडिकल कलेज ओपी पाण्डेको नाममा नाम सारी गरिएको भेटिएको छ ।

बैंक तथा वित्तीय संस्थासम्वन्धि ऐनले बैंकका सीइओ एवं बैंकका सञ्चालकहरुले आफ्ना आफन्तहरुलाई बैंकको कर्जा प्रवाह गर्न नपाइने उल्लेख छ , यसो गरेमा बैंकिङ कसुर मानिने छ ।यस हिसावले उनले कलेजका सञ्चालक आफ्ना नातेदार भएकै कारण नियम विपरीत ऋण दिई व्यक्तिगत लाभ लिइरहेको पुष्टि हुन्छ ।

शेरचनले नेकपा एमालेका पूर्व सांसद तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङले सञ्चालन गरेको बौद्ध हाउजिङ प्रालिलाई पनि पटक–पटक ऋण दिएको खुलेको छ । त्यस कम्पनीलाई शेरचनले दिएको ५५ करोड रुपैयाँ ऋण अहिले पनि जोखिममा रहेको छ । संगठित ठगीको आरोप लागेका इच्छाराज तथा उनका सम्धीसमेत रहेका सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ, उनकी श्रीमती सिर्जना शाक्य तामाङसहितले यतिबेला पुर्पक्षका लागि जेलजीवन गुजारिरहेका छन् । उनीहरु विरुद्ध ५ अर्ब ७७ करोड ८० लाख ९० हजार बिगोसहित ठगी र संगठित अपराधसम्बन्धी मुद्दा दायर भएपछि त्यसको सुनुवाई गर्दै काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाइसकेको छ ।

शेरचनको अगाडि न्यायमूर्तिहरु गरुडको छायाँमा परेजस्ता

प्रभु बैंकका सीईओ अशोक शेरचनका अघि न्यायाधिशहरु समेत गरुडको छायाँमा परेको सर्प जस्ता बनेका छन्। शेरचनको पैसा र प्रभावको अगाडि न्यायाधिशहरुमा शेरचनको विपक्षमा फैसला गर्नै हुन्न भन्ने मानसिकता स्थापित भएको बुझिन्छ । यदी त्यसो हुन्थेन भने शेरचन तीन महिना अघि तेस्रो पटक बैंक सीईओका रुपमा नियुक्त हुँदा उनको नियुक्ती बदर हुनपर्ने माग गर्दै उच्च अदालत पाटनमा परेको रीटको पेशी अझैसम्म छिनोफानो हुन सकेको छैन । न्यायाधिशहरुसमेत सीईओ शेरचनको रीटमाथि घुमाउरो पाराले उनैलाई साथ दिन पेशी लम्ब्याइरहेका छन् ।

आश्चर्य कुरा त के भने सीइओ अशोक शेरचनको यी सब कर्तुतको पछाडि साथ दिइरहेकी छिन् शेरचनको नजिककी विश्वास पात्र मानिएकी बैंककै सूचना अधिकारी रश्मी पन्तले । यसो हेर्दा उनको पदीय हैसियत बैंकमा बैंकको डेपुटी सीईओभन्दा माथि रहेको बुझिन्छ । किनकि बहालवाला डेपुटी सीईओ मणिराम पोखरेलले समेत पन्तसमक्ष बैंकको कामबारबाहीबारे ब्रिफिङ गर्ने गरेको बैंकका केही कर्मचारी बताउँछन् । अशोक शेरचन विरुद्ध परेको रिट उपर आजसम्म फैसला बाहिर नआउनुको पछाडि उनै पन्त रहेको तथ्य बाहिरिएको छ । किनकि यो रिट किनारा लाग्न नदिने दवाब दिइरहने पूर्व न्यायाधिश हेमराज पन्त रश्मी पन्तकै बुवा भएको खुल्न आएको छ ।

बैंककी कर्मचारी रश्मी पन्तको बुवा एवं पूर्व न्यायाधिश हेमराज पन्त र अर्का पूर्व न्यायाधिश कल्याण श्रेष्ठको दवाबमा सीईओ शेरचनको मुद्दाको पेशीमा समय हुँदाहुँदै पनि हेर्न नभ्याउने भन्ने गरिएको शेरचनविरुद्ध रिट दायर गर्नेमध्येकै एक अधिवक्ता बताउँछन् ।

पेशी पटक पटक तारेख गुजारेर लम्ब्याउने नियत ती दुई न्यायाधिशद्वयको देखिएको उनी बताउँछन् । किनकि १ पटक तारेख गुजार्दा थप १५ दिन पेशी लम्बिन्छ । यो हिसावले बैंक सञ्चालक समितिका ९ जनालाई विपक्षी बनाइएको मुद्दाको १५ दिनको दरले हिसाव गर्दा पटक पटक गरेर लामो समय गुजार्ने र मुद्दा नै प्रभावित पार्न खोजेको प्रष्ट हुन्छ । ।यसअघि सोही मुद्दाको पेशी गत २७ गते तोकिएको भएपनि स्थगित गरियो र अर्को पेशी आउँदो जेठ तीन गतेलाई तोकिएको छ ।

प्रभावमा प्रहरी उच्च अधिकृतहरुनै !

त्यसो त राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गृहमन्त्रीमा रवि लामिछानेको नियुक्तीपछि उनले गम्भिर प्रकृतिका अपराध र बैंकिङ कसुरका पुराना फाइल खोतलेर किनारा लगाउन सिआईबी र प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका थिए । सो अनुसार सिआईबीले प्रभू लगायतका केही बैंकहरुको खराव कर्जाका फाइल खोतल्न लागेपछि सिईओ शेरचन पुनः शक्ति केन्द्रमार्फत दवाब दिएर छानविनलाई रोकाउन उद्दत भएका छन् ।

पूर्व प्रहरी प्रमुख धिरजप्रताप सिंह सिआईबी प्रमुख हुँदा उनमाथि प्रभु बैंकको खराव कर्जाका फाइलमाथि अनुसन्धान गर्न निर्देशन दिइयो, शुरुमा तदारुकता पनि देखाए । तर, कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी अन्तर्गत कल्याणकारी कोषबाट २५ लाखको चेक सिंहले सीइओ शेरचनको हातबाट बुझेपछि शेरचनको प्रभावबाट उनीपनि मुक्त हुन सकेनन् । त्यसपछि सिंहले पछि सीआईबी प्रमुख बनेका उत्तमराज सुवेदीलाई समेत फाइलमा अनुसन्धान अघि नबढाउन दवाब दिए । त्यसअघि सीआइबीले प्रभू बैंकसँग यससँग सम्वन्धित कर्जा अपचलनसँग सम्वन्धित तीन वटा फाइल मगाइसकेको थियो ।

ढाडस दिने सांसद देवीप्रकाश भट्टचन

अशोक शेरचनलाई गैरकानूनी कर्जा लगानीमा ढाडस दिने र राजनीतिक संरक्षण गर्ने काम बैंकका तत्कालिन अध्यक्ष देवीप्रकाश भट्टचनले गरेका हुन् । जो ३० वर्षसम्म नेपाली कांग्रेसमा सकृय राजनीति गरेर पछिल्लो समय नेकपा एमालेबाट समानुपातिकतर्फबाट प्रतिनिधी सभा सदस्य बनेका हुन् । जसको पहुँच सिधै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसम्म रहेको र सोही आधारमा शेरचनलाई राजनीतिक संरक्षण मिल्ने गरेको पाइन्छ । शेरचनले आफ्नो ससुरा सञ्चालक रहेको रामजानकी मेडिकल कलेजलाई स्वार्थ बाझिने गरी कर्जा प्रवाह गर्दा उनै सांसद भट्टचन बैंक सञ्चालक समितिका अध्यक्ष थिए । अहिलेपनि भट्टचन बैंकमा प्रत्यक्ष रुपमा पदासिन नभएपनि बैंकको महत्वपूर्ण पदहरुमा उनकै आफन्तहरु रहेका छन् भने आर्थिक कारोबारमा पनि उनकै तजविजी चल्ने गरेको छ ।अनलाइनपानाले समाचार लेखेकोछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार