भोटे जात्राको महत्व यस्तो छ- अनुप बस्नेत

0
SHARES
27
VIEWS

रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज, उपत्यकामा सार्वजनिक बिदा

नेपालको राजधानी काठमाण्डौ उपत्यकामा अनेकौँ जात्रा मनाइने गरिन्छ तर उपत्यकाकै सबैभन्दा लामो र ऐतिहासिक जात्रा रातो मच्छिन्द्रनाथको आज भोटो देखाइँदै छ ।

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो जात्रा हुने गरेको छ । यसलाई जावलाखेल जात्रापनि भन्ने गरिएको छ जसमा जा को आर्थ “भात” र वाला को अर्थ छर्ने भन्ने बुझिन्छ त्यसैले भुत प्रेतलाई खाना दोन यो जात्रा गरिएको विश्वास छ ।

जावालाखेलमा आइपुगेको रातो मच्छिन्द्रनाथको रथबाट आज साँझ ५ बजे भोटो देखाउने कार्यक्रम रहेको गुठी संस्थान कार्यालय ललितपुरले जानकारी दिएको छ । गुठी संस्थान ललितपुरका प्रमुखले मच्छिन्द्रनाथको भोटो देखाउने चलन भएपनि यसपालि लेखापाल पवन आचार्यले भोटो देखाउने छन् । भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागेको उहाँले बताउनुभयो । मच्छेन्द्रनाथको यात्रा भने करिब एक हजार तीन सय वर्ष अघि नै सुरु भएको हो ।

किम्वदन्तीअनुसार रथ यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे ।डराएका किसानले मच्छिन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रुपमा कर्कोटकलाई दिए ।औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । पुरस्कारस्वरुप मणि माणिक्यले सजिएको भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो ।
किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले । मनुष्यरुपी भूत आएर भोटो लग्यो । किसानले खोजे, पाएनन् ।मच्छिन्द्रनाथको जात्रा हेर्न जाँदा आफूले पुरस्कारस्वरुप पाएको भोटो मनुष्यका रुपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे ।
भूतले दिन नमानेपछि विवाद भयो । कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छिन्द्रनाथको जिम्मा लगाइयो ।आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छिन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो । त्यहिबेलादेखि हरेक वर्ष साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास छ ।
अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किम्बदन्ती छ । पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गर्दै आएका छन् । गएको वैशाख ११ गते पुल्चोकबाट रथ तानेर सुरु भएको यसवर्षको रातो मच्छिन्द्रनाथको रथ जात्रा भोटो जात्रासँगै सकिनेछ ।
यो जात्रा हेर्न आज आइतबार दिउँसो ३ बजे पछि राष्ट्रपति रामचन्द्र पौडेल जात्रामा जानुहुनेछ । यस अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार