अपहरण भएका भनिएका कन्काइका दाहालको, विर्तासिटीमा मृत्यु

0
SHARES
519
VIEWS

राजकुमार ओली
अपहरण पछि घर छेउमा लगि छोडिएका भनिएका केशव दाहालको उपचारको क्रममा विर्ता सिटी अस्पतालमा मृत्यु भएको छ ।
गत बुधवार कन्काइ १ जामुनवारीबाट विर्तामोड हिडेका केशव दाहाल बेपत्ता भएका थिए ।वेपत्ता भएको ३० घण्टा पछि आफ्नै घर अगाडि अचेत अवस्थामा भेटिएका दाहाललाइ उपचारका लागि विर्तामोड स्थित विर्ता सिटी अस्पताल लगिएको थियो ।
आज विहान २ बजेर ३० मिनेट जांदा दाहालको मृत्यु भएको अस्पतालले बताएको छ ।परिवारले दाहालको अपहरण भएको भन्दै प्रहरीमा जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यलयले गहिरो रुपमा अनुसन्धान शुरु गरिरहेकोछ । पुर्वखवरको टोलि शुक्रवार अस्पतालमा पुगेर सोधपुछ गर्दा उपचारमा सग्लंन डाक्टर अनिल बस्नेतका अनुसार अर्धचेत अवस्थाका दाहालको विष सेवन गरिएको र मृगौलामा असर देखिएकोले उपचार जारी राखिएको बताउनुभएको थियो ।
विष सेवन गरिएको देखिएको छ तर कत्तिको असर गरेको छ ल्याव टेष्ट गर्न पठाएका छौ डाक्टर बस्नेतले बताउनुभएको थियो ।आज विहान दाहालको अस्पतालमा नै मृत्यु भएपछि प्रहरीले अनुसन्धानलाइ अझ तिव्र पारेको झापाका प्रहरी प्रमुख प्रनाउ दुर्गा राज रेग्मी ले पुर्वखवरलाइ बताउनुभयो ।

आफुहरुलाइ अपहरण भएको भनेर परिवारबाट जाहेरी आएपछि अनुुसन्धान शूरु गरिसकेका छौ ।एस पि रेग्मीले भन्नुभयो ।

मृतकका बहिनी डाक्टर मनिषा दाहालले आफ्नो दाजु केशवको विष सेवन पछि अर्धचेत अवस्था भएको देखिएको र घटना रहस्यमय भएको बताउनुभएको छ ।बास्तविकता के हो ,प्रहरीले अनुसन्धान गरि सहयोग गर्नेमा आफुहरु विस्वस्त रहेको बताउनुभएको छ ।
कन्काइ १ घरबाट बुधवार विहान ११ बजे विर्तामोड एक जना अदुवा व्यापारी संग ५ लाख रुपैया रिन मागेको छु लिन बोलाएको छ भनि हिडेका दाहालले विर्तामोडको पश्चिम स्टेण्डमा नाताले जेठान पर्ने गोविन्द अधिकारीको पसलमा स्कुटी राखेको भेटिएको परिवारले बताएको छ ।
त्यस पछि भारतको पानी ट्याकीं पैसा लिन जान्छु भनेर हिडेका दाहाल सम्पर्क विहिन भएका थिए ।
परिवारले खोजी जारी राखेको स्थितीमा विहीवार राती घर अगाडि अचेत अवस्थामा भेटिएका थिए ।मृतक दाहालले त्यसविचमा म्यासेन्जरमा एउटा भिडियो सन्देश परिवारलाइ पठाएका छन । त्यो भिडियो निक्कै रहस्यमय भएको परिवारले बताएको छ ।
भिडियोमा आफुलाइ आँखामा पटिट बांधेर कतै लादै गरिएको र आफुलाइ अपहरण भएको तथा आफुले धेरै लगानी गरिएको ,त्यो उठाएर भएको रिन तिरिदिन विनम्र अनुरोध समेत गरिएको छ ।भिडियोमा भनिएको छ ,म बाँच्छु मर्छु कुनै ठेगान छैन ,मेरो आँखामा कालो पटिट बाधिंएर कतै लगिदैछ ।मैले झुक्काएर यो भिडियो गरिरहेछुु, मेरा परिवारलाइ यो भिडियो पुराइदिनुहोला,र मेरो उठने पैसा उठाएर मेरो रिन समेत तिरीदिनु होला, ।
यो पठाएको भिडियो मृतक दाहाल कै आफनै स्वरको हो कि अरु कसैको ,त्यो अनुसन्धान हुन बाँकी नै छ तर घटना रहस्यमय देखिएको छ ।एक मनोविद यो घटनालाइ मनोसामाजिक किसीमले पनि अनुसन्धान हुन जरुरी देखिएको बताउनुहुन्छ ,आफुले अस्पताल पुगेर घटनालाइ अध्ययन गर्दा मानसिक समस्या हुदां देखिने केही लक्षणहरु देखिएको उहाँले जानकारी दिनुभएको छ ।जे होस युवा ४१ वर्षीय केशव दाहालको मृत्यु अपहरण हो कि अन्य,प्रहरीले अनुसन्धान जारी राखेकोले बास्तविकता चाडै नै आउनेमा परिवार आसाबादी देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार