बिर्तामोडको प्रकाश पम्प मा मिसावट भेटिएपछि पिडित भए आक्रोसित

0
SHARES
12
VIEWS

झापाको बिर्तामोड मुक्तिचोकबाट ४ किलोमिटर दक्षिण भद्रपुररोडमा सञ्चालनमा रहेको प्रकाश आयल ट्रेडर्समा आज साँझ इन्धन भर्ने सवारी साधनहरुमा पानी मिसावट भएको इन्धन विक्री गरेको पाइएको छ ।

मे १० प ८९२१ नम्बरको मोटरसाइकल चालकले इन्धन भरेर ५०० मिटर नकुद्धै इञ्जिन बन्द भएपछि ट्याङ्गी खोलेर हेदा पानीमात्र भएको बताए । उनको मोटरसाइकल पम्पमा नै फिर्ता ल्याएर मिस्त्री बोलाएर खोल्दा सबै पानीमात्र निस्किएको उपभोक्ताले प्रत्यक्ष देखाएका छन् ।

सो मोटरसाकलका चालक आकास राजवंशीले फुल टेंकी तेल हालेर निस्किने वित्तिकै मोटरसाइकल बन्द भएको सुनाए । १७ सय ५० रुपैयाँको तेल हालेर निस्किएका राजवंशीले मिस्त्रि बोलाइर ट्यांकी खाली गराए । पेट्रोलभन्दा पानी धेरै भेटिएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

पेट्रोलमा पानी मिसाएर बिक्री गर्दा आफ्नो सवारी साधनको इञ्जिन सिज हुनसक्ने आशंका गर्दै पीडीतहरुले पम्पमा आएर आक्रोस ब्यक्त गरेका छन् । पम्प परिसरमा भेटिएका केही ग्राहकहरुले केहीदिनदेखि सो पम्पमा इन्धन भर्नेहरुको सवारी साधनहरुमा समस्या पर्ने गरेको थियो । धेरैजना पीडितहरु र सो बाटो भएर आवतजावत गर्नेहरु पम्पमा भेला भएर पम्प सञ्चालकको विरोध गर्न थालेपछि सुरक्षाकर्मीहरुले पहरा दिइरहेका छन् ।

अधिकांश उपभोक्ताले पेट्रोलमा पानी मिसावट गरेको आरोप लगाएका छन् । मेची आँखा अस्पतालदेखि पूर्व हर्कलाल मार्गको सुरुभागमा रहेको उक्त पम्पले परिमाणमा समेत ठगी गर्ने गरेको पीडितहरुको गुनासो छ । अहिले पम्पमा भेला भएका पीडितहरु पम्पले उपभोक्तालाई सिधैं ठगी गरेको पनि आरोप लगाएका छन् ।

बिर्तामोड-३ का डम्बर बस्नेतले ३ दिनअघि सो पम्पमा तेल हालेका थिए । १ हजारको तेल हालेर पम्प बाहिर निस्किएका बस्नेतको मोटरसाइकल अकास्मात बन्द भएपछि डोहोर्याउदै केही समस्या आयो होला भन्दै सैनिकमोड पुगेको बताउँछन् । तेल हालेपछि मोटरसाइकलको ब्याट्रीमा समस्या आएको उनले सुनाए । उनले ४(५ लाखमा खरिद गरेको मोटरसाइकल बिग्रिएपछि पम्पमा पुगेर समस्या राखेको जनाएका छन् । उनले परिमाणमा समेत पम्पले ठगी गर्ने गरेको गुनासो राखे ।

यस्तै, हल्दिवारीका देवनारायण चुडालले पैसा तिरे बराबरको तेल नपाइने गरेको बताएका छन् । उनले पम्पहरुमा यस प्रकारको ठगी बढिरहेकोले अनुगमन गर्न आग्रह गरे ।

बिर्तामोड–३ की शर्मिला लिम्बूको स्कुटर पम्प बाहिर पुग्ने वित्तिकै बन्द भएको सुनाइन् । अफिसबाट घर फर्किने क्रममा उनले ५ बजेतिर स्कुटरमा तेल हालेकी थिइन् । लिम्बूले भनिन्, बाहिर पुग्ने वित्तिकै इञ्जिन बन्द भएपछि मिस्त्रीलाई बोलाउन खोज्दा पम्पका स्टाफले हतारहतार भित्र लगेर बनाइदिने भनेका र्थि ।

बिर्तामोड-३ का सन्तोष पाठकको पनि उस्तै समस्या छ । आठ दिनअघि ३ हजारको तेल हालेदेखि गाडीमा समस्या आएको छ । गाडीको स्टार्ट बन्द हुने समस्या भएको पाठकले जानकारी दिए । उनले पम्प लगेर गाडी छोडिदिने र समस्याको पहिचान नभएसम्म गाडी फिर्ता नलिने चेतावनी दिएका छन् ।

उनको गाडीमा पनि पानीसहितको पेट्रोल बेचिएको आशंका गरेका छन् । गाडीमा तेलको समस्या भए सञ्चालकले सबै व्यहोर्नुपर्ने उनको अडान छ ।

आज साँझसम्म उक्त पम्पबाट इन्धन किनेर प्रयोग गर्नेहरुमध्ये गाडीमा समस्या आएको जनाउँदै १६ जनाले नाम टिपाएका स्थानीय युवा आकास उप्रेतीले जनाएका छन् । पिडीतहरुले गाडीमा आएको समस्या पम्प सञ्चालकले क्षतिपूर्ति व्यहोर्नुपर्ने माग राखेका छन् ।

पम्पका सञ्चालक प्रकाश सरियाले भने पम्पमा लिकेज भएको हुनसक्ने र नियतवश पानी मिसावट नभएको दावी गरेका छन् । उनले ट्याङ्की लिकेज भएको आशंका गरे । सरियाले भने – पेट्रोलमा पानी मिसावट नै हुँदैन । पाइपमा वा अण्डरग्राउण्ड ट्याङ्गीमा कतैबाट लिकेज भए त्यसको समाधान खोज्नेछौं ।

पीडितहरुलाई उनले तेलकै खरावीका कारण सवारीहरुमा समस्या भए सो को समाधान पम्पले नै खोज्ने सरियाले विश्वास दिलाएका छन् । पीडितहरु आक्रोसित हुदै भेला हुन थालेपछि सम्बन्धित निकायको उपस्थितिमा यथार्थ पत्ता लगाउने भन्दै पम्प बन्द गरिएको छ । समस्याको समाधान नगरेसम्म पम्प नखोल्ने सरियाको भनाई छ साझामन्चबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार