रास्ट्रीय युवा सङ्घको मिशन भोजपुरबाट शुरु

0
SHARES
5
VIEWS

। राष्ट्रिय युवा संघ नेपालकाे कोशी प्रदेशमा मिसन नेक्स्ट इलेक्सन, टार्गेट न्यु जेनेरेसन अभियानको भोजपुरबाट शुभारम्भ भएको छ ।
गणतन्त्र स्थापना दिवसको अवसर पारेर संघले अभियान सुरु गरेको हो । संघका केन्द्रीय उपाध्यक्ष कृष्णहरि केसीको प्रमुख आतिथ्ययतामा बसेको भोजपुर जिल्ला कमिटीको बैठकले अभियानको योजना बनाएको छ । अभियान चार महिनासम्म सञ्चालन हुने राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष केसीले जानकारी दिनुभयो ।
चार महिना भरी संगठन निर्माण, सदस्यता विस्तार, कमिटी गठन, पुनर्गठन, भेला, गोष्ठी, रचनात्मक अभियान लगायत जनसरोकारका क्षेत्रमा विशेष काम गरिने उहाँले बताउनुभयो । संघको नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित नयाँ कार्यभार र कार्यदिशाको सन्देश प्रवाह पनि सो अभियानमा गरिने उहाँले जानकारी दिनुभयो । ।
नव युवाको बिचमा संगठनलाई जोड्ने, युवाका मुद्दा उठाउने, स्थापित गराउने, रोजगारी र उद्यमशीलताको विकासमा योगदान पुर्‍याउने अभियानको उद्देश्य रहेको उहाँले बताउनुभयो । ‘यो चार महिनामा वैचारिक प्रशिक्षण सञ्चालन गरेर कम्युनिष्टकाे कम्युनिष्टकरण, वामपन्थीको वामपन्थीकरण, क्रान्तिकारीको क्रान्तिकारीकरण गरिने छ, त्यसै गरी व्यवसायी तथा उद्यमशीलता विकासको लागि उद्यमशील तालिम र विभिन्न विधाको सीप विकास तालिम प्रदान गरिउने, हातमा सिप र रचनात्मक सोच भएका युवा निर्माण गरिने छ’, केसीले भन्नुभयो
सो अवधिमा विभिन्न सांस्कृतिक कार्यक्रम, खेलकुद, रक्तदान, वृक्षारोपण लगायतका कार्यक्रम पनि गरिने उहाँले बताउनुभयो । संघको चार महिनामा ४ लाख सदस्य विस्तार गर्ने अभियानमा कोशी प्रदेश अग्रस्थानमा रहने केसीले विश्वास व्यक्त गर्नुभयो ।
गणतन्त्र स्थापनाको दिनबाट अभियान सुरु गर्नुको पनि खास अर्थ रहेको उहाँले बताउनुभयो । ‘गणतन्त्रसँग हाम्रो रगत पसिना साटिएको छ, गणतन्त्रलाई पिँधका मान्छेका बिचमा पुर्‍याउने दायित्व हाम्रो हो, यसलाई संस्थागत गर्ने, परिपूर्ण लोकतन्त्र स्थापना गर्ने, सबै खाले विभेदको अन्त्य गर्दै समन्यायिक समानता स्थापना गर्ने दायित्व हाम्रै हो, यो अभियानमा लोकतन्त्रलाई अझ मजबुत बनाइने छ, त्यसैले गणतन्त्र दिवसकै दिनबाट अभियान थालिएको हो’, केसीले भन्नुभयो ।
केसीले समृद्धि श्रम गरेर आउने बताउनुभयो । श्रम संस्कृति बसाउने र बढाउने अभियानको रूपमा चार महिना व्यतीत हुने पनि उहाँले जानकारी दिनुभयो । ‘हरेक युवा श्रममा जोडिने र श्रमलाई सम्मान गर्ने आदत बसालिने छ’, उहाँले भन्नुभयो ।
देशमा बढ्दो भ्रष्टाचार र सरकारी कामकाजको ढिलासुस्ती प्रति राष्ट्रिय युवा संघ नेपाल शून्य सहनशीलताको मान्यतामा दृढ रहेको पनि उहाँले प्रष्ट पार्नुभयो । साे अवधिमा प्रविधिमैत्री सरकारी कार्यालय बनाउन दबाब र पहल गरिने उहाँले बताउनुभयो ।
युवा र युवा संघलाई अझ तिखार्नु र तिखारिनु पर्ने भएकोले चार महिने अभियान संगठन तिखार्ने र कार्यकर्ता अर्जाप्ने अभियान भएको उहाँले बताउनुभयो । युवाका एजेण्डा पत्ता लगाउने र खास मुद्दा स्थापित गर्ने अवसरको रूपमा अभियानलाई स्थापित गरिने उहाँले प्रष्ट पार्नुभयो ।
वर्तमान गठबन्धन सरकार नालायक भएकाले जनहित र राष्ट्रिय हित विपरीतका काममा लागिरहेको उहाँले बताउनुभयो । गुमेको नेपाली भूमि नक्सा बमोजिम फिर्ता ल्याउन सरकार असफल भएको उहाँले टिप्पणी गर्नुभयो । अहिले भारतले संसद् भवनमा नेपाली भूमि लुम्बिनी समेटेको नक्सा राख्दा पनि सरकार नबोलेको भन्दै उहाँले आलोचना गर्नुभयो ।
सरकारले ल्याउन लागेको नागरिकता विधेयक पनि राष्ट्रघाती भएको उहाँले प्रष्ट पार्नुभयो । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको अध्यादेश जस्ताको त्यस्तै फेरि राष्ट्रपतिकोमा पुगेको र त्यो राष्ट्ररहित विपरीत रहेको उहाँले बताउनुभयो । ‘एक हातले सिँदुर र अर्को हातले नागरिकता बाँडिनु गलत छ, यसले नेपालको राष्ट्रियता समाप्त पार्छ’, उहाँले भन्नुभयो । सनराइजखबरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार