सालबारीमा पुर्व बिपद ब्यबस्थापन अभ्यास गर्दै नेपालि सेना

0
SHARES
11
VIEWS

साइरनको आवाज बज्नसाथ बचाउ बचाउको आवाज आउँछ । रुवाबासी चल्छ । घरहरु धमाधम बग्न थाल्छन् । मानिसहरु डुबानमा पर्छन् । वडाध्यक्ष घटनास्थलबाट प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर उद्धारका लागि सुरक्षा टोली पठाइदिन आग्रह गर्दै खोलाको वरपर गर्नुहुन्छ ।

नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली तत्काल घटनास्थल पुग्छ, डुबानमा परेका र खोलामा बग्दै गरेकाको उद्धार गर्छ । यो दृश्य हो जिल्ला विपद् व्यवस्थापन समिति झापाले विहीबार अर्जुनधारा नगरपालिका–९ स्थित सालबारीमा आयोजना गरेको नमूना अभ्यासको ।

मनसुन सुरु हुनु अघि समितिले प्रत्येक बर्ष यसरी नै नमूना अभ्यास गराउँदै आएको छ । झापाका अधिकांश पालिका बाढीको उच्च जोखिममा छन् । अर्जुधारा, मेचीनगर, भद्रपुर, कनकाई, शिवसताक्षी, दमक, गौरादह नगरपालिका, झापा, गौरीगञ्ज, कनकाई, कचनकवल गाउँपालिका लगायतका क्षेत्रमा बर्षेनी बाढीको प्रकोपबाट ठूलो धनजनको क्षति हुने गरेको छ ।

यही क्षति न्यूनीकरण गरी बाढी र डुबानको उच्च जोखिमबाट समुदायलाई जोगाउन सहयोग पुग्ने उद्देश्यले नमूना अभ्यासको कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनुभयो ।

अरिदमन गण चारआली, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीका दुई सय जना र नेपाल रेडक्रस सोसाइटी झापा शाखाका ५० जना नमूना अभ्यास कार्यक्रममा सहभागी भएकोकार्यक्रममा २१ नम्बर बाहिनी गणका सहायक रथी धनबहादुर थापा,ले बताउनुभएको छ ।आफुहरुको यो विपद अभ्यास नेपाल भर चलिआएको र समाजमा नागरिकहरुलाइ सुसचित बनाउनुभएको थापाले बताउनुभएको हो ।

अभ्यासमा बाढीबाट हुँदा प्रभावित हुने क्षेत्रमा राहत वितरण, उद्धार, उपचारलगायतका सम्पूर्ण कार्यक्रम गरिएको थियो । झापामा १० हजार बढी परिवार प्रत्येक बर्ष बाढीबाट प्रभावित हुँदै आएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताउनुभयो ।

उहाँले बर्षेनी बाढीबाट १५ जनाको मृत्यु हुने, पाँच भन्दा बढी हराउने, एक सय परिवार पूर्णरुपमा विस्थापित र दुई हजार परिवार आंशिक रुपमा विस्थापित हुँँदै जानकारी दिनभयो ।

कार्यक्रममा २१ नम्बर बाहिनी गणका सहायक रथी धनबहादुर थापा, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गम्देन,अरिदमन गणका गणपति इमेश मेहर श्रेष्ठ, सशस्त्र प्रहरी उपरीक्षक देवराज अर्याललगायतको उपस्थिति रहेको थियो लोकतन्त्रमा अ्म्बिका भण्डारीलेख्नुहुन्छ्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार