हिमालयन लाइफ इन्स्योरेन्स ले अभिकर्ता भेटघाट कार्यक्रम

0
SHARES
9
VIEWS

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले झापाको बिर्तामोडमा अभिकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार बिर्तामोडस्थित सिटी सेन्टरमा हिमालयनले अभिकर्तासँग भेटघाट कार्यक्रम आयोजना गरेको हो ।

नेपाल मै पहिलो पटक तीनवटा कम्पनीहरु यूनियन, गुराँस र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिएर बनेको हिमालयन लाइफले बजारीकरणलाई तीब्रता दिएको छ । केहि दिन अघिमात्रै कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले झापाका अगुवा अभिकर्ताहरुलाई भेटेका थिए ।

त्यसको एक हप्ता नबित्दै शुक्रबार कम्पनीका डेपुटी जनरल म्यानेजर तथा मार्केटिङ हेड माधव शर्माको उपस्थितीमा बिर्तामोडमा वृहत कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा मार्केटिङ हेड शर्माले सफल अभिकर्ताका अवसर र चुनौतीका बिषयमा सहजीकरण गरेका थिए । तीन वटा कम्पनी एक आपसमा गाभिएसँगै कम्पनी ठूलो बनेकाले अधिकृत पूँजी धेरै हुनुका साथै बिमितका लागि प्रशस्त जीवन बीमा योजना भएको बताए । सबै सूचकमा हिमालयन चाँडै नेपालकै नम्बर वान कम्पनी बन्नेमा कुनै शंका नभएको भन्दै शर्माले अभिकर्ताहरुलाई निर्धक्क भएका काम गर्न आग्रह गरे ।

कोशी प्रदेश प्रमुख भुपराज पराजुलीको संयोजकत्वमा भएको कार्यक्रममा सहभागीहरुलाई बिर्तामोड शाखा प्रमुख बद्री भण्डारीले स्वागत गरेका थिए । अभिकर्ताहरुको तर्फबाट एजेन्सी मेनेजर तथा एमडीआरटी पुष्प खड्काले अनुभूति मन्तव्य राखेका थिए ।

प्रदेश उपप्रमुख भोलाकृष्ण (नविन) मिश्रले सञ्चालन गरेको कार्यक्रममा दुई सय बढी अभिकर्ता तथा कर्मचारीहरु उपस्थित थिए । अनलाइनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार