प्रचण्डको भारत भ्रमण रहस्यमय … पर्शुराम बस्नेत

0
SHARES
8
VIEWS

राजकुमार अ‍ोली रसुवा

नेपाल खेलकुद महासघंका केन्द्रिय अध्यक्ष पर्शूराम बस्नेतले प्रचण्डको भारत भ्रमण रहस्यमय देखिएको बताउनुभएको छ ।
भुगोल
साट्ने अभिव्याक्ति दिनुभएका प्रधानमन्त्री प्रचण्डको अभिव्याक्ति रहस्यमय भएको अध्यक्ष बस्नेतले बताउनुभएको हो ।

आज शनिवार अध्यक्ष बस्नेतले नेपाल खेलकुद महासंघ रसुवा जिल्लाको प्रथम जिल्ला अधिवेशनलाइ सम्वोधन गर्दै प्रचण्ड र समकक्षी मोदी विचमा भएका सवै सम्झौता सार्वजनिक गर्न समेत माग गर्नुभएको छ ।
रसुवाको अधिवेसनलाइ सम्वोधन गर्नुहुदै नेकोशका केन्द्रिय उपाध्यक्ष धर्म कुमार श्रेष्ठले नेपालका प्रधानमन्त्रीले भारतमा गएर उर्जामा गरेको सम्झौता समेत ससंकित हुने गरि देखिएकोले ससंदमा भएका सवै सम्झौता सार्वजनिक गर्न माग गर्नूभएको छ ।
जिल्ला अधिवेसनको बन्दसत्रमा शुभकामना मन्तव्य राख्दै नेकोशका सचिव तथा प्रवक्ता तिर्थ बहादुर खड्काले राज्यले खेलकुद क्षेत्रमा लगानी गर्न नसकेकोले आउने बजेटबाट खेलकुदमा कुल बजेटको २ प्रतिशत बजेट विनियोजन गर्नुपर्ने अन्यथा महासघं देशव्यापि आन्देलनमा उत्रिन बाध्य हुने बताउनुभएको छ ।

नुवाकोट कमिटीका अध्यक्ष श्लोक तामांगको अध्यक्षतामा आयोजना गरिएको अधिवेसनमा नेपाल खेलकुद महासंघको केन्द्रिय अध्यक्ष बस्नेत सहित नेकपा एमालेका केन्द्रिय सल्लाहकार छोवांग तेन्जिंग तामांग नेकोसका निर्वाचन आयोग प्रमुख रामकृष्ण खड्का ,नेकपा एमाले रसुवा का उपसचिब कैसांग नुर्वु तामांग,नेपाल खेलकुद महासंघको केन्द्रिय उपाध्यक्ष धर्म कुमार श्रेष्ठ, निरेशलालसिंह महर्जन, केन्द्रिय सचिब तथा प्रवक्ता तिर्थ बहादुर खड्का, कोषाध्यक्ष उज्वल सुवेदी, स्थाई कमिटी सदस्य हरिवंश कडरिया, शलिल प्रधान,वागमती अध्यक्ष सिताराम कार्की, केन्द्रिय सदस्य तेम्पासिंगी तामांग लगाएतले खेलकुद महासघं नेपालकै खेलाडीको भरोसा हुने गरिको अभियानमा लागेकोले आउने दिनमा अझ ससक्त भुमिका निर्वाह गर्नुपर्ने शुभकामना दिनुभएको थियो । धुन्चे बजारमा आयोजना गरिएको अधिवेसनले
विराज तामांगको अध्यक्षतामा १७ सदस्य कार्यसमिती निर्वाचित गरेको प्रवक्ता खड्काले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार