कोशि प्रदेशस्तरीय दोस्रो मिस्टर कञ्चनजंघा बडिबिल्डिङ च्याम्पियनसिप प्रतियोगिताको शुरु भएकोछ ।
प्रतियोगिता आज जेठ २५ र २६ गते आयोजक समितिका अध्यक्ष अर्जुनकुमार मैनालीले बताए ।
प्रतियोगिताका लागि बोर्डले १५ लाख रुपैयाँ विनियोजना गरेको छ । आयोजकले पेश्की रकम समेत ल्याइसकेको छ । बोर्डका सदस्य सचिव हंशराज वाग्लेको अगुवाइ र पहलमा बजेट विनियोजन गरिएको हो ।
शारीरिक सुगठन खेललाई प्रबर्द्धन गर्ने तथा नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्ने उद्देश्यले बोर्डले १५ लाख रुपैयाँ उपलब्ध गराएको हो ।
गत असोजमा पोखरामा सम्पन्न नवौँ राष्ट्रिय प्रतियोगितामा प्रदेशले शारीरिक सुगठनका अवतार श्रेष्ठले स्वर्ण पदक जितेका थिए ।
त्यस्तै, रजनी श्रेष्ठले कास्य जितेकी थिइन् । प्रतियोगितामा प्रदेश प्रशिक्षकका रुपमा राम दाहाल थिए ।
प्रतियोगिता संयोजक तथा आयोजक बडी ग्यारेज बिर्तामोडका सञ्चालक राम दाहाल हुन् । उनका अनुसार जेठ २५ गते बिहीबार दिउँसो १२ बजेदेखि बिर्तामोडको अतिथि सदनमा प्रिजजिङ खेल शुरु भएको र २६ गते दिउँसो १२ बजेदेखि सिटी सेन्टरमा फाइनल राउन्ड हुनेछ ।
चैत १६ गतेको बोर्डको बैठकले प्रतियोगितामका लागि बजेट उपलब्ध गराउने निर्णय गरेको थियो ।
बडी ग्यारेजले दुई वर्षअघि प्रदेशस्तरीय फस्ट मिस्टर कन्चनजंघा बडिबिल्डिङ प्रतियोगिता गरेको थियो ।
दोस्रो संस्करणको प्रतियोगितामा ५५, ६०, ६५, ७० र ७५ केजीभन्दा माथि तौल समूहमा प्रतिस्पर्धा हुने प्रतियोगिताका अर्का संयोजक दिपेन चौधरीले बताए ।
प्रतियोगितामा प्रथम पुरस्कार ३ लाख ११ हजार १ सय ११ रुपैयाँ, द्वितीय पुरस्कार २ लाख ५० हजार रुपैयाँ, तृतीय पुरस्कार १ लाख ५० हजार रुपैयाँ, चौथो पुरस्कार १ लाख रुपैयाँ र पाँचौँ पुरस्कार ७५ हजार रुपैयाँ रहेको सचिव राजेश गिरीले जानकारी दिए ।
साथै, हरेक तौल समूहमा द्वितीय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः १० हजार र ५ हजार रुपैयाँ, मेडल तथा ट्रफी प्रदान गरिनेछ ।
काठमाडौँ उपत्यका बाहिरको सर्वाधिक धनराशि र सुविधा भएको प्रतियोगिता बिर्तामोडमा हुन लागेको संयोजक दाहालले जानकारी दिए । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुका लागि यातायात र खानेबस्नेको व्यवस्था मिलाइएको उनको भनाइ छ ।
Discussion about this post