अहिले पालिका सरकारहरुलाई नयाँ आर्थिक वर्षको बजेट बनाउन भ्याइ नभ्याई छ । विभिन्न विषयका सरोकारवालाहरुसँग निरन्तर छलफल तथा अन्र्तकृया गरेर सुझाव संकलनको काम भइरहेको छ ।
यसै सन्दर्भमा दमक नगरपालिकाले आज दमकलाई आधार बनाएर पत्रकारित गरिरहेका पत्रकारसँग छलफल गरेको छ ।
नगरपालिकाको बैठक कक्षमा भएको सो छलफलमा पत्रकारहरुले जनसरोकारका विषयमा बजेट बिनियोजन गर्न सुझाव दिएका थीए ।
नगरपालिकालाई सुचनामैत्री बन्न सुझाव दिदै आलोचनात्मक समाचार लेखेकै भरमा पानी बराबरको अवस्थाको अन्त्य गर्न माग गरेका थीए ।
यस्तै दमक अस्पतालको सुधार , शिक्षा सुधार अभियान , रोजगार बृद्धि गर्ने खालका कार्यक्रम लगायतमा बजेटको आकार बढाएर सहि कार्यान्वायन गर्न पत्रकारहरुको सुझाव रहेको थियो ।
कार्यक्रममा पत्रकार महासघं कोशी प्रदेशका कोषाध्यक्ष बिमल लामिछाने, सदस्य विष्णु सुब्बा, महासघं झापाका कार्यसमिती सदस्य चिरन घिमिरे, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य टिकाराम उप्रेती, विष्णु पोखरेल, समाववादी प्रेस संगठनका केन्द्रिय सदस्य अनिलदेव राई, प्रेस चौतारी नेपाल झापाका अध्यक्ष मनकुमार गदाल, प्रेस यूनियन झापाका अध्यक्ष गिरिराज भट्टराई, चौतारी माई पश्चिमका अध्यक्ष भूमिराज पराजुली, यूनियनका क्षेत्रीय अध्यक्ष विष्णु पौडेल लगायत अन्य पत्रकारहरुको उपस्थित रहेको थियो ।
पत्रकारहरुको सुझाव महत्वपूणर् रहेको भन्दै पत्रकारीता पेषालाई सुरक्षित बनाउन तथा यसको प्रर्वद्धन गर्ने कार्यक्रम आगामी बजेटमा समावेश गर्ने प्रतिवद्धता नगरकी उप-प्रमुख तथा बजेट निर्माण समिती संयोजक समेत रहनु भएकी रेगिना भट्टराई प्रसाईले गर्नुभयो । साथै अन्य जनसरोकारका विषयमा पनि गरिनुपर्ने निणर्यलाई कार्यपालिकामा लगेर छलफल गराउने तथा आवश्यक निणर्य गरेर नगरको विकास र समृद्धिमा अघी बढ्ने पत्रकारहरुको छलफलाई सम्बोधन गर्दै उहाँले बताउनु भयो ।
यो छलफलमा नगरका तर्फबाट उप प्रमुख भट्टराई सहित प्रमुख प्रशाषकीय अधिकृत डमरु प्रसाद निरौला, लेखा अधिकृत देभी प्रसाद कोइराला, योजना शाखा तथा बैठक व्यवस्थापक लगायत केहि शाखाका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।उज्जालो बाट
Discussion about this post