दमकको वडाको बजेट १२ करोड ल्याउने तयारी

0
SHARES
15
VIEWS

झापाको दमक नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम बनाउदा प्राथमिकता निर्धारण गरेरमात्र अघि बढ्ने निर्णय गरेको छ । लगातर केहि बर्षअघि देखि घाटा बजेट ल्याउदै आएको नगरपालिकाले यो बर्ष पनि घाटा बजेट ल्याउने तयारी गरेको छ ।

अघिल्लो बर्ष पनि घाटा बजेट रहेको र यो बर्ष पनि हामी घाटा बजेट ल्याउनलाई बाध्य छौ, दमक नगरपालिका उपप्रमुख रेगिना भट्राईले भनिन् । अन्यत्र कतिपय पालिकाले घाटा बजेट नल्याउने र बजेटको आकार घटाउने भन्नु भएकाले यस बिषयमा हामी पनि छलफलमा छौ, उनको भनाई छ ।

अघिल्लो बर्ष वडालाई १० करोड बजेट उपलब्ध गराईएकोमा यो पटक १५ करोड उपलब्ध गराउने जेठ २ गतेको नगर कार्यपालिकाको बैठकले निर्णय गरेको थियो । एक महिनापछि त्यो निर्णयलाई उल्ट्याउदै फेरी १२ करोड उपलब्ध गराउने निर्णय असार ४ गते बसेको कार्यपालिका वैठकले गरेको छ ।

घाटाको र महत्वकांक्षी बजेट ल्याउने वा नल्याउने बिषयमा कार्यपालिका सदस्यहरुबीच मतभेद रहेको भएपनि सर्वसम्मत रुपमा वडागत बजेटको सिलिङ बढाउने सहमति बनेको एक कार्यपालिका सदस्यले बताउनु भएको छ ।

दमक नगरपालिकाको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको सिफारिस अनुसार आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट वाडफाड गर्ने आधार अनुसार वडामा रु १५ करोडको बजेट सीमा निर्धारण गरीएको बताईएको छ । अघिल्लो बर्ष यो रु १० करोडमात्र रहेको थियो ।

गत वर्ष झै वडा स्तरमा विनियोजित बजेटको ५० प्रतिशत रकम समान न्यूनतम अनुदान र वाकी ५० प्रतिशत तोकिएको मापदण्ड बमोजिम सुत्र प्रणालीबाट वडागत बजेट वडाफाड गर्ने र सोही आधारमा योजना तथा कार्यक्रमहरु माग गर्न सवै वडालाई पत्रचार गर्ने निर्णय भएको पाईएको छ ।

अधुरा आयोजनाहरूलाई पूरा गर्ने, नगर स्तरिय पूर्वाधार विकासका आयोजना ३० लाख वा सो भन्दा माथिको छनौट गर्ने, छनौट भएका योजना पूर्ण रूपमा समापन हुने प्रकारको मात्र छनौट गर्ने, कालोपत्र गर्ने सडक आयोजना छनौट गर्दा कालोपत्रे वा पक्की सडकसँग जोडिने भए मात्र सहायक सडक कालोपत्रे गर्ने गरी छनौट गर्ने निर्णय कार्यापालिका बैठकले गरेको छ ।प्रभावकारीन्युज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार