कमल गाउँपालिकाको आगामी आर्थिक बर्षकालागी ७२ करोड २१ लाख रुपैया भन्दा बढीको बजेट गाउँसभाको १३ औं अधिवेशनमा पस्तुत भएको छ ।
गाउँपालिकाको आज सम्पन्न गाउँसभाको १३ औं अधिवेशनको पहिलो बैठकमा गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईले आगामी आर्थिक बर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । अध्यक्ष द्वारा गाउँसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम बैठकले पारित गरेको छ ।
त्यसैगरी दोस्रो बैठकमा उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले आगामी आर्थिक बर्ष २०८०÷०८१ लागी ७२ करोड २१ लाख ८० हजार रुपैयाको बजेट प्रस्तुत गर्नु भएको थियो ।
उपाध्यक्ष न्यौपानेले पस्तुत गर्नु भएको बजेट गाउँसभाको आगामी बैठकले पारित गर्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्यले जानकारी दिनुभयो ।onlinebata
Discussion about this post