कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

0
SHARES
11
VIEWS

कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङ आज बिहीबार साँझ थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

त्यसअघि थापाले प्रदेश सभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै प्रदेश प्रमुख खापुङसमक्ष दाबी पेश गरेका थिए । त्यो दाबीलाई खापुङले सदर गरिदिएका छन् ।

सरकार बनाउन ४७ सीट आवश्यक भए पनि पाँच दलीय गठबन्धनसँग ४६ सीट मात्रै छ । नेपाली कांग्रेससँग २९ प्रदेशसभा सदस्य, माओवादी केन्द्रका १२ जना, नेकपा एकीकृत समाजवादीका ४ जना, जनता समाजवादी पार्टीका १ जना छन् ।

तर, मुख्यमन्त्री नियुक्त हुन थापाले प्रदेश प्रमुखलाई झुक्याउँदै सभामुख बाबुराम गौतमको समेत मत गणना गरेका छन् । जबकी सभामुख तटस्थ पद हो dainiknepalbata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार