राजकुमार ओली, शनिश्चरे अर्जृनधारा
बिसं. २०३४ सालतिर काठमाण्डौंको शंकरदेव क्याम्पसवाट नेविसंघको इकाईवाट राजनैतिक जीवन सुरु गर्नूभएका उद्वव थापा नेपाली काँग्रेसको १४औं महाधिवेशनमा प्रदेश नं १ को सभापति पदको शसक्त उम्मेद्वारको रुपमा चुनावी मैदानमा खडा हुनुभएको छ । २०३५ सालको जनमत संग्रहमा निरंकुश पञ्चायती व्यवस्था विरुद्व बहुदलीय ब्यवस्था स्थापनका लागी बहुदलको प्रचार अभियानमा सक्रिय उद्वव थापा त्यसताका विपी कोइरालाको सुरक्षा दस्तामा समेत रहनुभएको थियो ।
२०४६ सालमा पञ्चायती व्यवस्था विरुद्वको आन्दोलनमा लाग्नुभएका थापा प्रजातन्त्रको पुर्नस्थापना पश्चात नेपाली काँग्रेस अर्जुनधारा गाउँसमितिको सचिव÷सभापतिको एक÷एक कार्यकाल जिम्मेवारी सम्हाल्नुभयो । त्यसपछि झापा २ नं क्षेत्रको क्षेत्रीय सभापति, जिल्ला सचिव, जिल्ला उपसभापति र दुई कार्यकाल जिल्ला सभापतिको जिम्मेवारी कुशलतापूर्वक सम्हाल्नु भएका थापाले दुइपटक संसद्को टिकट पाउनु भयो । हरेक चुनावमा नेपाली काँगे्रसको भारी मत वढाउन सफल रहेपनि जितको परिणाम भने हातपर्न सकेन ।
१३औ महाधिवेशन पश्चात नेपाली काँग्रस झापाको राजनीतिमा पूर्वको अवधारणा अघि सारेर जिल्लाव्यापी राजनीतिक प्रशिक्षण अभियान सञ्चालन गर्ने कार्यक्रमका परिकल्पनाकार थापा एक विकासवादी, व्यवहारिक राजनीतिका योजनाकार पनि हुनुहुन्छ । पाँच “ब” को नीति अन्र्तगत विचारमा काँग्रेस, व्यवहारमा काँग्रेस, व्यवसायमा काँगे्रस, विकासमा काँग्रेस र विपदमा काँग्रेसको नीतिलाई साथसाथै लगिएन भने राजनीति जटिल र कठिन हुने ठम्याईसहित थापाकै अगुवाइमा जिल्ला व्यापी प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गरिएका थिए । साथमा नेपाली काँगे्रसको सिद्वान्त, नीति ,विचार कार्यक्रम, इतिहास र विधानका विसयमा समेत थापाकै अगुवाइमा प्रशिषण कार्यक्रमहरु चलाइए । बिसं. २०६१ माग १९ मा तत्कालिन राजा ज्ञानेन्द्रले शाही “कू मार्फत सम्पूर्न सत्ता हातमा लिएपछि राजाको प्रजातन्त्र अपहरण गर्नें कार्यको कडा रुपमा विरोध जनाउदै आन्दोलन सञ्चालन गर्दा तत्कालिन शाही नेपाली सेनाको मातहातमा रहेको युनिफाइड कमाण्डले पक्राउ गरेर झापा चारआली स्थित सैनिक व्यारेकको बंङ्करमा कठोर, अमानवीय क्रूर यातना दिएर सैन्य हिरासतमा राखेको थियो ।
वाणिजय शास्त्रमा स्नातक गर्नुभएको थापाले एक स्पष्टवादी, निडर, कायकर्ताको पीर मर्का बुझ्न र सहयोग गर्नसक्ने, कार्यकर्तालाई माया र न्यायगर्नसक्ने विवेकशिल नेताको छवि निर्माण गर्नुभएको छ । एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी ओलीको गृह जिल्ला कम्युनिष्टको लालकिल्लामा कार्यकर्ताको सुरक्षा गर्दै पाटी संगठनलाई विस्तार गर्न थापाले कठोर मिहेनत गर्नुभएको छ ।
प्रजातान्त्रिक आन्दोलन र संगठन विस्तारका क्रममा संघर्षको मैदानबाट खारिएर अब्वल विकास गर्नुभएको थापा राजनीतिलाई राष्ट्रिहित र जनताको सेवामा समर्पित गर्नुपर्छ भन्ने मान्यतामा अडिक रहँदै आउनुभएको छ । नेपाली काँग्रेसभित्र सवै जाति, भाषी र समुदायको उपस्थिति, सम्मान र सुरक्षमा विशेष चासो राख्नुहुने उद्वव थापा नेविसंघ इकाई हुदै काँग्रेसपार्टीको तल्लो इकाई समितिवाट नेतृत्व विकास गदै्र राष्ट्रिय राजनीतिको बर्तमान अवस्थामा आफुलाई उभ्याउन सफल लोकतन्त्रका पहरेदार सिपाहिको रुपमा चर्चित हुनुहुन्छ
वि.सं. २०१४ साल मंसिर १५ गते जन्मिएका थापा झापाको अर्जुनधारा नगरपालिका- ४ का स्थायी बासिन्दा हुन्। थापाले ०३२ सालमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघको सदस्यता लिएर राजनीतिमा सुरु गरेका थिए। ०४७ सालमा अर्जुनधारा गाउँ समिति सचिव बनेका थापा २०४८ सालको ८औं जिल्ला अधिशेनबाट पार्टीको २ नम्बर क्षेत्रीय सभापति निर्वाचित भए। १०औं अधिवेशनसम्म आइपुग्दा जिल्ला सचिव, ११औं अधिवेशनबाट जिल्ला उपसभापति र १२औं अधिवशेनपछि जिल्ला सभापति बनेका थापा हाल सोही जिम्मेवारीमा छन्। व्यवस्थापन संकायमा स्नातकसम्मको अध्ययन गरेका थापाले जिल्ला विकास समिति झापाको संयन्त्र सदस्य भएर ३ वर्ष काम गरेका छन्। २०७० सालको चुनावमा झापा क्षेत्र नं. ४ बाट उम्मेदवार बन्नुभएका थापा नेकपा एमालेका उम्मेद्वार प्रेम गिरीसंग पराजित भएका थिए।
Discussion about this post