झापाबाट काठमाडौ हिडेको बस दासढुङ्गामा खसेपछि…

0
SHARES
40
VIEWS

काकरभिटाबाट काठमाडौ छुटेको बस त्रिशुली नदीमा झरेको छ ।हिजो बेलुका झापाको काकरभिटाबाट काठमाडौ छुटेको बस नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना भएको हो ।
तर भाग्यबस गाडी ४० फिट तल रुखमा अड्किएको कारण ठुलो मानविय क्षति भने नभएको स्थानियबासीले बताएकाछन ।

नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा १९ यात्रु घाइते भएका प्रहरीले पुर्वखवरलाइ बताएको छ । सडकखण्डको भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा बागमती प्रदेश०१–००६ख ५२३७ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो ।

काँकडभिट्टाबाट काठमाडौं जाँदै गरेको बस शुक्रवार बिहान ५ः२० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।

बस अनियन्त्रित भई सडकबाट ४०फिट तल खसी रुखमा अड्किएको छ । बसमा ४० यात्रु सवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार