राजकुमार ओली
नेपाल बहुउद्देश्यीय सहकारी संस्था एनएमसीको पछिल्लो कदम प्रति सदस्य तथा सर्वसाधरणको निक्कै आक्रोशित र पिडादायक अभिव्यक्ति शुरु गरेकाछन । हिजोबाट सदस्यहरुलाइ पत्तै नदिइ एनएमसीले आफुखुसी बचन काटेको भन्दै सामाजिक सन्जाल तथा फेसवेक र व्याक्तिगत कुण्ठाहरु पोखिन थालेका हुन ।
एनएमसीले विना जानकारी ८० हजार सदस्यको खाताबाट सात सयका दरले पाँच करोड ६० लाख रकम कटौती गरेको उसको पेजबाट समेत प्रस्ट देखिएकोछ ।
एनएमसीका केहि सदस्यहरुले राहत कोषको नाममा सात सय रुपैयाँ विना जानकारी काटेको भनेर सामाजिक सञ्जालमा पोष्ट गरेपछि यो घटना बाहिर आएको हो । रकम काटेको विषय सामाजिक संजालमा प्रश्न र आलोचना तिव्र भइरहेको छ ।
मेचीनगरका डिल्लीराम उप्रेतीले आफ्नो खातामा रहेको रकम चेक गर्ने क्रममा खाताबाट ७०० रुपैयाँ काटिएको थाहा पाए । खाताबाट रकम काटिएको विषयमा एनएमसीको चारआली शाखामा सम्पर्क गर्दा त्यहाँका कर्मचारीले प्रधान कार्यालयबाटै काटिएर आएको बताएका थिए ।
साउन १ गते काटिएको पैसाको मेसेज बेलुका साँझ ६ वजे आएको उनले बताए । एनएमसीको प्रधान कार्यालयका एक कर्मचारीका अनुसार एकलाख ५२ हजार सदस्य मध्ये अहिलेसम्म ८० हजार सदस्यको राहत कोषका लागि ७०० का दरले पैसा काटिएको बताइएको छ ।
एनएमसीको भर्खरै पदभार समालेका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीले एक हजार भन्दा माथि रहेका सदस्यको राहत कोषका लागि रकम काटिएको बताए । साधारण सभाको निर्णय अनुसार नै सो रकम कटाएको उनको भनाई छ ।
सदस्यलाई विना जानकारी रकम काटिएको विषयमा प्रश्न गर्दा अध्यक्ष शिवाकोटीले प्राविधिक कारणले मेसेज आउँन ढिला भएको दावी गरे ।
आइतबार दिउँसो काटिएको पैसाको मेसेज सोमबार साँझ मात्र सदस्यहरुको मोवाइलमा भटाभट आउँन थालेको छ । यदि कोहि सदस्य यस कोषमा बस्न इच्छुक नहुनेले निवेदन दिए रकम फिर्ता गरिने कार्यालयले जनाएको छ ।
एक हजार माथिका करिव एकलाख भन्दा बढी सदस्यको बार्षिक रुपमा उठ्ने ७ करोड भन्दा बढी रकमका विषयमा सोध्दा अध्यक्ष शिवाकोटीले भने–‘नेपाल सरकारले नागरिकबाट ३५ सय लिएर बार्षिक स्वास्थ्य बीमा कार्यक्रम गरे जस्तै हो । राहात कोष मार्फत सदस्यको मृत्यु भएमा ५० हजार, एकाघर परिवारमा सुध्याईं खर्चबापत १० हजार लगायतका सेवा दिने गरिएको छ । अर्को वर्षका लागि फेरि ७०० रुपैयाँ तिरेर नविकरण गर्नु पर्छ । पछिल्लो समय सहकारी भित्रका धेरै कुराहरु बाहिरिए सगै धेरै सर्वसाधरणमा चुनौती सगैं आतंक थपिएकोछ ।अझ केही
सहकारीले आफ्ना श्रीमती ,छोरा छोरी ,शाली ,साडुभाइ सहितको नाममा सहकारीको पैसाले कम्पनी सन्चालन गरि सर्वसाधरणको पैसा ठगी गर्ने गरेकोले सहकारी सस्थां प्रति अविस्वास थपिदै गएको देखिन्छ ।यो पछिल्लो समयमा आर्थिक सकंट विहोरिरहेको सहकारीको अभियानलाइ नियाल्दा पनि आज देखिएको एन एमसी सहकारीको यो कदमबाट सर्वसाधरणको मनोबललाइ बुझ्न कोशिस गर्नै पर्ने देखिन्छ अन्यथा एक लाख धेरै सदस्यहरुको आका्रेसको पिडालाइ सम्हाल्न असहज बन्दै जाने पो हो कि ,स्वास्थ्य विमाको पोलिसी सुन्दर र सफल पक्ष भएपनि आफै नै सहकारी अभियानको अभियन्ता जोडिएको सस्थांमा नागरिकहरुको सहमति विना नै यो कदम गरिएको भनेर आएको आक्रोश सवै सहकारी तिर मोडिन सक्ने तर्फ सरोकारबालाहरुले विचार पुराउदै ध्यान दिनु जरुरी छ ।
Discussion about this post