क्यान्सर रोगको कारण नेपालको स्थिती भयावह बन्दै …सचेत हुन सके रोगको शिकार हुनपर्दैैन… गोम्देन

0
SHARES
11
VIEWS

अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले क्यान्सर रोगका बारेमा बेलैमा सचेत गराउनसक्ने कार्यक्रम ल्याउन लागेको बताएका छन् ।
बिर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पताल र अर्जुनधारा नगरपालिकाको समन्वयमा बिहीबार अर्जुनधारामा आयोजित क्याम्सरसम्बन्धी सचेतना कार्यक्रम बोल्दै नगर प्रमुख गोम्देनले लापरबाही र असावधानीका कारण प्राणघातक रोगको सामना गरिरहनु परेको बताए ।
क्यान्सर रोगलाई जितेर नगरबासी फेरि रोजगारमा फर्कनसक्ने वातावरण तयार गर्न नगरले कार्यक्रम ल्याउने नगर प्रमुख गोम्देनले कार्यक्रममा प्रतिवद्धता जनाए । उनले पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनले गुणस्तरीय सेवा पाएको पनि सुनाए । आफ्ना बुवा र आमा पनि क्यान्सर रोगको उपचार गरेको स्मरण गर्दै उनले त्यसताका भारतको क्यान्सर अस्पतालले पनि बिर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पतालमा सिफारिस गरेका उदाहरण दिए ।
उनले पूर्वाञ्चलसँग क्यान्सर रोगविरुद्ध सहकार्य गर्न पनि इच्छा व्यक्त गरे । अस्पतालका मेडिकल डाइरेक्टर डा. विरेन्द्र यादवले पूवाञ्चल क्यान्सर अस्पतालले उपचारमात्र नभएर सचेतना र रोकथामका लागि अनेकन् प्रयास गदैै आएको सुनाए ।
क्यान्सर रोगसम्बन्धी सचेतना गरेर पनि ६० प्रतिशत रोकथाम गर्न सकिने उनको जोड थियो । क्यान्सर रोगको बारेमा विभिन्न तथ्यमाथि प्रकाश पार्दै डा. यादवले विश्वमा सबैभन्दा बढी दुर्घटना र मुटु रोगबाट मृत्यु हुने तथा तेस्रो स्थानमा क्यान्सर रोगको स्थिति भयावह रहेको चित्रण गरे । बर्सेनि रोगीको संख्या बढ्दै गएको बताउँदै उनले झापा नेपालको दोस्रो स्थानमा रहेको पनि सुनाए ।
अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले भारतमा हुने क्यान्सर रोगको उपचार अहिले झापाको बिर्तामोडबाटै भइरहेको बताए । उनले पूर्वाञ्चल क्यान्सर अस्पतालमा नागरिक उपचार कोषमार्फत उपचार भइरहेको जानकारी दिए । झापाका स्थानीय तहमा सचेतना कार्यक्रम र स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको बताउँदै उनले स्थानीय तहसँग अस्पतालले सहकार्य तथा हातेमालो गर्न तयार रहेको पनि बताए ।
सोही कार्यक्रममा क्यान्सर रोगसँग बाँच्नका लागि संघर्ष गरिरहेका बिरामीसँग भेटघाट कार्यक्रम पनि राखिएको थियो । पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचाररत १४ जना कार्यक्रममा सहभागी थिए ।
सहभागी अर्जुनधारा ३ की हेमकला श्रेष्ठले क्यान्सर रोगबाट मरिन्छजस्तो लागे पनि हिम्मत हार्न नहुने भन्दै आफ्नो अनुभव सुनाएकी थिइन् । अस्पतालकी निर्देशक डा. अञ्जली कार्की प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत गीताकुमार राई, वडाध्यक्ष, कार्यपालिका सदस्यलगायत स्वास्थ्यकर्मी, कर्मचारीहरुको उपस्थिति रहेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार