झापामा हात्तीको आक्रमणबाट ६१ जनाको मृत्यु … १७वटा हात्ती मरे

0
SHARES
21
VIEWS

झापामा एक वर्षमा आठजना मानिस र २ वटा हात्तीले ज्यान गुमाएका छन् ।

आर्थिक वर्ष २०७९/०८० मा झापामा दुई गैरनेपालीसहित ८ जना मानिसले हात्तीको आक्रमणबाट ज्यान गुमाएका हुन् भने यसैबीचमा दुईवटा हात्ती पनि मरेका छन् । गैरनेपालीमा एकजना भुटानी र एकजना भारतीय रहेको डिभिजन वन कार्यालय झापाको विवरणमा उल्लेख छ ।

हात्तीका कारण ज्यान गुमाउने गैरनेपालीले राहत रकम पाउने व्यवस्था छैन भने नेपाली नागरिकले राहत पाउने गरेका छन् । डिभिजन वन कार्यालय झापाकी सूचना अधिकारी सहायक वन अधिकृत अञ्जना पुरीका अनुसार झापामा हात्तीको आक्रमणबाट पछिल्लो १२ वर्षयता ६१ जनाको मृत्यु भइसकेको छ, जसमा आठ जना गैरनेपाली रहेका छन् ।

त्यस्तै, सोही अवधिमा १७ वटा हात्ती समेत मरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा पाँच जना, आर्थिक वर्ष २०७७/०७८ मा तीन जना, २०७६/०७७ मा दुईजना, आर्थिक वर्ष २०७५/०७६ मा एकजना र आर्थिक वर्ष २०७४/०७५ मा पाँचजनाको मृत्यु भएको थियो ।

चालु आर्थिक वर्षमा जिल्लामा दुईवटा हात्ती मरेको छ । मृत्यु हुने मानिसमा अधिकांश किसान मजदुर रहेकै कारण आफ्नै घर–खेतमा हात्ती आक्रमणमा परेर ज्यान गुमाएको पाइएको छ ।

कार्यालयको विवरणअनुसार बाह्रदशी गाउँपालिका–२ का देवीबहादुर अधिकारी, बाह्रदशी–१ का जगतबहादुर भूजेल, शिवसताक्षी नगरपालिका–११ की कृष्णमाया भण्डारी, बुद्धशान्ति गाउँपालिका–४ का भीमबहादुर भट्टराई, बुद्धशान्ति–५ की सम्झना श्रेष्ठको हात्तीले आक्रमण गर्दा मृत्यु भएको थियो ।

यसैगरी, भद्रपुर नगरपालिका–७ का गिरेन कर्मकार, दमक–३ का कमैया राई (गैरनेपाली) को पनि हात्तीले आक्रमण गर्दा मृत्यु भएको थियो ।

५१४ जनाले पाए राहत

झापामा गत आर्थिक वर्षमा ५१४ जना हात्तीपीडितले राहत पाएका छन् । हात्तीको आक्रमणबाट घाइते, मृत्यु भएका, सम्पत्ति, चौपाया र अन्नबालीमा क्षति पुर्याएबापत उनीहरुलाई एक करोड ११ लाख ३६ हजार सात सय तीन रूपैयाँ राहतस्वरूप वितरण गरिएको डिभिजन वन कार्यालय झापाकी सूचना अधिकारी पुरीले जानकारी दिइन् ।

सरकारले मृतकका लागि ५० लाख, घाइतेको उपचारका लागि नौ लाख १८ हजार २२५, चौपाया र अन्नबालीमा क्षतिबापत ५२ लाख १९ हजार ४७५ रूपैयाँ राहत रकम उपलब्ध गराएको हो jhapaonlinebata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार