घुस खाएको आरोप लागेपछि सिडिओ लाइ गरे निलम्बित

0
SHARES
10
VIEWS

खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा निलम्बनमा परेका छन् ।

उनीविरूद्व अख्तियार दुरूपयोग अनुसन्धान अयोगले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका हुन् ।

उनले ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिकामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हुँदा विद्युत् लाइन विस्तार परियोजनामा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो ।

प्रजिअ खतिवडा निलम्बनमा परेपछि तत्कालका लागि सहायक प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश शाहले निमित्त प्रजिअको भूमिका निर्वाह गर्नेछन् ।dainiknepalbata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार