काठमाडौं, ९ साउन । निर्वाचन आयोगले चर्चित युवा सांसदद्वय नेपाली कांग्रेसका गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सोविता गौतमले निर्वाचन खर्च नबुझाएको जनाएको छ ।
आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा निर्वाचन खर्च नबुझाउने उम्मेदवारलाई कारबाहीस्वरुप १५ हजार जरिवाना तोकेको छ । निर्वाचन अर्च नतिर्नेमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्ती र नेकपा एमालेका शेरधन राइसमेत छन्
आयोगले आज एक सूचना जारी गरी आम निर्वाचनमा भएको खर्च नबुझाउने प्रतिनिधि सभाका १ हजार ३७ तथा प्रदेश सभामा १ हजार ३ सय ९८ गरी कूल २ हजार ४ सय ३५ जनालाई प्रति व्यक्ति १५ हजारका दरले जरिवाना तोकेको हो ।
निर्वाचन आयोगले तोकेको जरिवानाका साथ सात दिनभित्रमा निर्वाचन खर्चसमेत पेस गर्न निर्देशन दिएको छ ।िििागरण
Discussion about this post