भद्र घले पार्क बन्ने भएपछि प्रसाईले भने… बालेन एक्लो ज्योेति छर्न सफल युवा

0
SHARES
65
VIEWS

राजकुमार ओली
काठमाण्डौ
काठमाण्डौमा भद्र घले पार्क बनाउने भएपनि बारिष्ठ साहित्याकार नरेन्द्रराज प्रसाइले मेयर बालेनलाइ शाहको कार्यलाइ न्यायोचित कार्य भन्नुभएको छ ।
भद्रकुमारी सेवा सदनमा मेयर बालेन शाहको अगुवाइमा भद्र घले पार्क बनाउन लागिएपछि साहित्यकार प्रसाइले बालेनको यो कदमको खुलेर प्रशँसा गर्नुभएको हो ।

नेपालकै सफल महिलाको पहिचान बनाउन सफल भद्रा कुमारी घलेले बनाएको भवनमा आश्रम सन्चालनमा रहेको र उक्त आश्रमलाइ बालेन शाहले पार्क बनाउन लागेका हुन ।
बालेनको यो निर्णयलाइ स्वागत गर्दै प्रसाइ लेख्नुहुन्छ ,

नेपाल राष्ट्रका गौरवी नारी सुश्री भद्रकुमारी घलेप्रति युग नायक श्री बालेन साहले शाश्वत न्याय गरेका छन् ।

भद्रकुमारी सेवा सदन अब गौरवशाली ुभद्र घले पार्कु हुने भएको छ । नेपालमा बालेन साहजस्ता प्रखर, साहसी, लडाकु अनि देशभक्त र जनभक्त राजनेताको खाँचो थियो । आजको यो कालो अवस्थामा एक्लो बालेनले उज्यालो ज्योति छरिरहेका छन् ।

भद्रकुमारी घलेलाई बधाई छ र बालेन साहको जय,

साथै बालेन साहका प्रमुख सेनानी श्री राजुदेव पाण्डेको हिम्मत, शक्ति र नीर्भिकताले आधुनिक काठमाडौँ निर्माणका लागि यसरी नै साहस पाइरहोस् भन्ने शुभकामना अर्पण गर्दछु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार