झापाली रंग साहित्य मा ज्ञानुराम प्रसाइ
माधब कल्पित
बिद्यार्थी जीवन काल देखि नै राजनीति तथा साँस्कृतिक अभियान मार्फत समाज परिवर्तनका क्षेत्रमा कृयाशिल ज्ञानुराम प्रसाइ काे नाम सुन्दै अाएकाे भए पनि २०६९/७० मा हामीले झापा बाट टेलिश्रृँखला “कुरा अर्को “छ र” बिहानी” निर्माण गरि हिमशिखर टेलिभिजन हुँदै नेपाल टेलिभिजन सम्म पुगेर प्रसारण गर्ने क्रममा पहिलोपटक पबित्रा महतरा प्रसाइ ज्यु संग हामी जाेडिन पुयाै ।
सल्लाहकार सदस्य रहेर वहाँ ले हाम्रो अभियानमा उल्लेख्य सहयोग पुर्याए पश्चात् अावत जावत बड्दै गयाे । हामी ज्ञानु सर संग पनि निकट हुन पुग्यौं । झट्टहेर्दा अलि कति कडा खराे स्वभाव जस्तो देखि ए पनि अरुको दु:ख र मानविय संवेदनामा सारै छिटाे समर्पित भएर लागि पर्ने स्पष्ट बक्ता न्यायका पक्षधर कला,साहित्य र प्रतिभाका पुजारी अादरणीय ज्ञानुराम प्रसाइ संग एउटै संस्था मा रहेर प्रदेश न.१ कै पहिलो एतिहासिक बहुजातीय साँस्कृतिक संग्रहालय सहितकाे झापा नाटक घर निर्माण अभियानमा जाेडिएर अघि बढ्ने माैका मिल्यो ।
कथाक्रम यसरी अघि बढ्छ।
नजनेता मदन भण्डारी काे जीवन कथामा अाधारीत प्रदिप नेपाल द्वारा लिखित उपन्यास बर्बरिक लाई झाेराहाटका रंङ्गकर्मी भरत गुराँगाइले नाट्य रुपान्तरण गर्नु भएको थियो ।
त्याे नाटक लाई हामीले राजधानी काे कुञ्ज थिएटरमा एक साता मञ्चन गर्याै । त्यसकाे चर्चा परिचर्चा प्रधान मन्त्री र राष्ट्रिपति कार्यालय सम्म पुगेछ । वहाँहरु दुबै बाट नाटक हेर्ने इच्छा जाहेर भएको हामीलाई खबर अायाे । हामी बढाे उत्सुकताका साथ प्रधानमन्त्री र राष्ट्रिपति ज्युकाे माझका नाटक मन्चन गर्न तयार भयाै ।
यधपी कुञ्ज थियटरमा वहाँहरुकाे शान्ति सुरक्षा नपुग्ने भए पछि नेपाली सेनाले राष्ट्रपती ज्यु कै निर्देशनमा राष्ट्रपति भवन शितल निवास कै सभाहलमा २४ घन्टा भित्रमा थिएटर तयार गरि दियाे ।
हामीले २०७५ साल माघ १८गते काे सन्ध्याकालीन समयमा राष्ट्रियपति भवन सितल निवासमा सम्माननिय राष्ट्रिपति,प्रधानमन्त्री, मन्त्री, राजदुत लगायत २५०जति बिशिस्ट श्रेणी का महानुभावहरु बिच नाटक बर्बरिक मञ्चन गरियो । नाटक काे मध्यभाग देखि नै सबैका अाँखा रसाएका थिए । नाटक सत्य घटनामा अाधारित भएकाे हुदा नाटक ले सबैकाे मन छाेएकाे थियाे । नाटक मञ्चन पश्चात् प्रधानमन्त्रि र राष्ट्रपति ज्यबाट हामीलाई नाटक काे बारे सुझाव सल्लाह सहित शुभ कामना र सम्मान काे कार्यक्रम थियाे ।
नाटक बाट भावबिभाेर भएर राष्ट्रपति ज्युले सम्बाेधन गर्न असर्थ भए पश्चात् प्रधानमन्त्री ज्युबाट शुभ कामना सहित हामीलाई भब्य सम्मान काे कार्यक्रम सम्पन्न भयाे । मैले के गर्नु पर्छ ??सरकार संग तपाईंहरुकाे के चाहना छ?? भनी प्रधानमन्त्री ज्यु ले हामीलाई साेध्नु भएको थियाे । मैले प्रधानमन्त्री र राष्ट्रपति ज्युकाे बिचमा ज्ञापन पत्र बुझाउदै भनेकाे थिए ” हामी एक ब्यक्ति १ थान इट्टा सहयोग समर्पण अभियान संञ्चालन गरि नागरिक स्तरबाट बिर्तामोडमा बहुजातीय साँस्कृतिक संग्रहालय सहित काे झापा नाटक घर बनाउदैे छाै । त्यहाँ सरकारले सर्व प्रथम बाटाे र बिजुली बत्ती पुर्याइदिनु पर्छ । हाम्रो पहिलाे माग थियाे । दाेश्राे याे नाटकलाई हामी बिर्तामोडमा लगेर मञ्चन गर्न चाहन्छाै ।
नाटक १ हप्ता चल्ने वातावरण र श्राेत काे अपेक्षा छ । मैले राष्ट्रिपति र प्रधानमन्त्री का बिचमा प्रस्ताव राखे । प्रधानमन्त्री ज्यु ले हाँस्दै भन्नू भयाे । ” कल्पित जि तपाईंको दुबैमाग पुुरा हुुन्छन् । वहाँ ले यति बेला भन्नू भएको थियाे याैटा गीत छ नि ” जहाँ जहाँ जान्छाै तिमी म पाइला बनी पछ्याइ रहन्छु ।” याे गीत जस्ले लेखेकाे जसले गाएकाे भए पनि याे गीत मार्फत म तपाईहरुलाइ बिश्वास दिन्छु कि तपाईंहरु जहाँ जहाँ पुगेर याे अभियान चलाउनु हुन्छ म प्रत्यक्ष अप्रत्यक्ष रुपमा तपाईंहरु संगै रहने छु ।सरकार र पार्टीको सम्बन्धित निकाय मार्फत तपाईंहरुलाइ सदैव सहयोग मिल्नेछ ।तपाईं ले झापा पुगेर देवराज घिमिरे भन्ने मान्छे लाई भेट्नु ।”
याे प्रधानमन्त्री ज्यु काे मलाई अाश्बासन र निर्देशन पनि थियाे । हामीलाई त्याे साँझ राष्ट्रपति भवनमानै रात्री भाेज काे ब्यबस्था गरिएको रहेछ । हामीले त्यस साँझ बढाेताम झामका साथ बिशिष्ट श्रेणीका राष्ट्र प्रमुखका साथ मा रहेर रात्री भाेजमा सहभागी हुने अबसर पायौं ।
खानपिन सकेर ११ बजे राति हाम्रो टाेली सितल निवास बाट बिदा भयाे । भाेली पल्ट हाम्रो टाेली राजधानी छाडेर झापा प्रस्तान गर्याै । अाएकाे भाेली पल्टै महिले नचिनेको मान्छे देवराज घिमिरेलाई फाेन गरेँ । मेराे कुरा सुन्ने बितिकै वहाँ ले पर्सि ११ बजे बिर्तामोड काे मदन अाश्रीत भवनमा अाउन अाग्रह गर्नु भाे । सायद वहाँ र प्रधानमन्त्री ज्युकाे बिच हाम्रो विषयमा सबै कुरा भै सकेको थियाे हाेला । वहाँ ले म संग अरु धेरै कुरा साेध्नु नै भएन ।
म ताेकेकाे समय र स्थानमा पुग्दा झापा जिल्ला का १५-वटै नगर र गाऊ पालिका प्रमुख ,उप- प्रमुख र केही बिशिस्ट श्रेणीका महानुभावहरुकाे त्यहाँ भेला भै सकेको थियो । सबै संगकाे परिचय पश्चात् बल्ल मैले चिने देबराज घिमिरे ज्युलाइ । वहाँ ने.क.पा.एमाले १ नम्बर प्रमुख तथा केन्द्रीय पाेलिट ब्युरो सदस्य हुनु हुदाे रहेछ । मैले केही बाेल्नु परेन सबै कुरा वहाँ ले नै सबैलाई प्रष्ट पार्नु भयाे ।हामीले राष्ट्रपति भवनमा देखाएको नाटक र हाम्रो एजेन्डा वहाँ बाटै सबै सामु प्रस्तुत भयाे ।
नाटक बर्बरिक मञ्चन र झापा नाटक घर निर्माणका लागि सर्वदलिय समिति गठनका लागि छलफल चल्यो । अन्तत साेही भेलाले संयाेजक ज्ञानुराम प्रसाइ र म सचिव रहने गरि बिर्तामोडमा कृयाशिल संघ संस्था का प्रमुख तथा प्रतिनीधिहरुकाे नेत्रित्वमा २१ सदसिय सर्वपक्षीय समिति चयन गर्याे । हामी बिधिवत रुपमा याैटै संस्थामा जाेडिन पुग्यौं ।
ज्ञानु सरकाे अथक प्रयास प्रयत्न र लगनशीलता ले सात साे काे लागि भनिएकाे नाटक बर्बरिक अतिथि सदनमा २१ साे मञ्चन गरियो ।
करिव १५हजार दर्शकले साे नाटक हेरे ।उक्त नाटक बाट खर्च कटाएर १९लाख रुपैया हामीले बचत गर्न सफल भयाै ।याे देखेर नाटक लाई नजिक बाट नचिनेका तथा अाजकाे दुनियाँमा कलालाई ब्यबसायिक बनाउन सकिन्छ र ?? मान्छेले थिएटर मा धाएर टिकट काटेर नाटक हेर्छ के ?? भन्ने समिति कै कति पय सदस्य काे मुखमा बुझाे लाग्याे ।नाटक मा दर्शककाे माेह देखेर सबै दंग पर्नु स्वभाबिकै भयाे ।
हामी सबै निर्ढुक्क साथ ज्ञानु सर लाई शिरमा राखेर झापा नाटक घर निर्माणमा लागि पर्याै । छाेटाे समयमा १ धुरबाट सुरु गरेकाे भुमि दान १सय ५० धुर भन्दा माथि पुगेकाे छ ।१५ रुपैयाँको- १ इट्टा बाट सुरु गरेकाे निर्माण सहयोग ले दुई कराेड भन्दा माथिकाे भवन निर्माण गर्न सफल भयाै । तर सपना अझै पुुराहुन नपाउदै निर्माण अभियानलाई सम्पन्नता काे शिखरमा पुर्याउन नपाउदै मिति २०७८ साल असार २४ गते चारअाली बाट भद्रपुर जाने क्रममा अाफैले ड्राइभ गरेको माेटरबाट सडक दुर्घटनामा परि भएको त्यो असामयिक निधनले झापाली रंग साहित्य काे अाकाशमा कहिलै पुर्ण हुन नसक्ने गरि ठुलो क्षयति वेहाेर्नु परेकाे छ । हामी सबै स्तब्ध र मर्माहत बन्न पुगेका छाै ।दिवंगत हुनु १ घण्टा अगाडि फाेन गरेर माधब जि भाेलि तपाईंको घरमा बैठक बस्नु पर्छ ।
म बिहान ७:०० बजे अाउछु । ब्यबस्थापन समिति का सबै साथिहरुलाइ बाेलाउनु है । जग्गात यसै महिनामा पास गर्नु पर्छ । मनाेज जि लाई दिन कति पैसा पुगेकाे छैन ??वहाँ ले समेत यहि असार मसान्त सम्ममा पास गरि दिने वचन दिनु भएको छ । पैसा पुगेन भने तपाईं चिन्ता नलिनु क्लाेजिङ्ले समस्या त पारेकै छ । र पनि म १० लाख जुटाउला भन्नु भएको । हामी नाटक घरका अाँखि झ्यालबाट हरेकबिहान नियालि रहेका छाै ।
मैले बैठक त धेरैवटा डाकी सके तर खै तपाईं अाउनु भएको ?? हरेक बिहान ७:००बजे हामी तपाईं अाउने बाटाे हेरि रहेका हुन्छाै । तपाईं काे अागमन नदेखे पछि सबैका अाँखा रसाउछन्न । खै तपाईं कहिले अाउनु हुन्छ ?? तपाईं जहाँ गए, जहाँ रहे पनि हरेक झापाली कला पारखीकाे मन मुटुमा सधा सर्वदा रहिरहनु हुनेछ। साँस्कृतिक संग्रहालय सहितको याे निर्माणाधीन झापा नाटक घरका हरेक कण कणमा तपाईंको याेगदान र सपनालाइ साकार दुल्याउदै हामी तपाईंकाे मान र प्रतिष्ठालाइ अमरत्व प्रदान गर्नेछाै । दाइ बैकुण्ठ मा रहेर भए पनि हामीलाई तपाई बाट सद्बुद्दि सद्बविचार र अाशिर्बाद सदा रहि रहाेस ।काेभिडबाट संक्रमित भइ जीवन मृत्यु संग लडिरहेको बेला तपाईंले त्याे रात मेराे मुखमा ल्याएर अक्सिजन नजाेडि दिएकाे भए अाज तपाईं भन्दा म पहिलाे हुने थिए। तपाईं ले म र म जस्ता हजारौं लाइ प्राण भरेर अाप्नाे समेत जिम्मेवारी हामीलाई नै सुम्पदै अाफुचाहि एक्लै कता जानू भाे ??भन्नू हुन्थ्यो माधब जि शिक्षाको क्षेत्रमा देबी मा. बि. लाइ समय दिए ।स्वास्थ्य काे क्षेत्रमा मनमाेहनलाइ सघाए । अब कला साहित्य र संस्कृति काे संरक्क्षण सम्बर्द्धन मा तपाईंहरु संग जाेडिएर साँस्कृतिक संग्रहालय र झापा नाटक घर बनाउने सपना छ । मलाई कसैकाे चाकरी चाप्लुसी गर्न अाउन्न । सारै झुकेर माग्न पनि मन मान्दैन । जग बसेकाे छ म पनि राजनीति मा जीवन समर्पण गरेर अाएकाे ब्यक्ति एक दिन मेयर हुन सक्छु ।सांसद बन्न सक्छु । त्यति बेला मेराे पहिलो एजेन्डा नै बहुजातीय साँस्कृतिक संग्रहालय सहितको झापा नाटक घर काे सम्पन्नता हुनेछ । त्यति मात्रै हाेइन याे पाँच बर्षमा बिर्तामोड का निर्वाचित जनप्रतिनिधिका लागि पनि कुनै देखिने एतिहासिक काम मध्ये याे एक उदाहरणीय काम का रुपमा सावित हुनेछ ।यी र यस्ता तपाईंका भनाइ ,लक्ष्य र सपनाले अाज याे मन मुटुमा पल पल घाेचिरहेकाे छ ।यहाँ धेरै बाँचेर पनि मरिरहेकाे दुनियाँमा तपाईं मरेर पनि बाँचि रहनु हुनेछ । तपाईंको अभाव ले तपाईंको परिवार कति बिचलित छ त्यो म कल्पना गर्न सक्दिन तर तपाईंको अभावमा साँच्चिकै हामी क्षितिज संग जाेडिएका कलाकारहरुकाे भने घडिकाे सुइ राेकिए जस्तो टक्क समय राेकिएकाे छ ।
तपाईंको अालाे रगत काे सडकमा खाटा बस्न नपाउदै तपाईं सामु गरिएका सहमति र सम्झौताहरु अहिलेसम्म पूरा हुन सकेका छैनन् । तपाईंको अधुरो सपना र हाम्रो अभियान काे धराेहरमा डाेजर चलाउने सम्म धम्की र चुनाैतीहरुकाे हामीले सामना गर्नु परिरहेको छ । हामी तपाईंको अभावका अभिभावक विहिन जस्तै भएका छाै । सायद तपाईंको अभाव महशुष हुन नदिने दाेश्राे अभिभावक हामीले नपाउनु नै तपाईंको अभाव र महत्त्व अझ जिवन्त बन्नु हाे भन्ने लागेको छ । बगरबाट उठाइएको एउटा पथरले पनि छिनाे र मार्ताेलकाे हजारौं चाेट सहेपछि मात्रै मन्दिरमा पुज्न याेग्य देवता सावित भए जस्तै हामी पनि तपाईंको सपना पूरा गर्न अनेकौं अाराेह- अवराेह,चाेट र बेदनाहरुलाइ ऋदयमा सजाएर तपाईं ले देखाएको बाटो मा अाजका दिन सम्म बिचलित नभइ लागिरहेका छाै ।
अन्तत झापाली रंङ्ग मञ्चका हरेक पाना पानाले तपाईलाई चिरकाल सम्म सम्झिरहने छ। संग्रहालय काे अग्रभागमा हामी तपाईं लाई साक्षी राखेर एक दिन तपाईंको सपना अबश्य पूरा गर्ने छाै ।साँच्चिकै जीवन एउटा रंङ्गमञ्च रहेछ स्टेजमा भेटभयाे । अभिनयले पुर्णता नपाउदै बिधाताले तपाईंको प्रस्तुति मा पर्दा लगाइ दियाे ।ज्ञानु दाइ अल बिदा ।।तपाईंको बैकुण्ठ बाशहाेस्
हार्दिक श्रद्धाञ्जली
Discussion about this post