नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितका गठबन्धन दलहरू कोशी प्रदेशका सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर नयाँ सरकार गठन गर्ने तयारीमा लागेका छन् ।
सभामुख गौतमलाई राजीनामा गराउन दलहरूले गौतमलाई तीव्र दबाब दिइरहेको बताइएको छ । तर, गौतमले भने तत्काल राजीनामा दिन आनाकानी गरिरहेका छन् ।
यदि माओवादीका तर्फबाट सभामुख बनेका गौतमले राजीनामा दिएर नयाँ सरकार गठनको व्यवधान हटाउने अवस्था आए सरकारको नेतृत्व कांग्रेसले नभइ माओवादी केन्द्रले गर्नुपर्ने वहस पनि दलहरूबीच सुरू भएको छ ।
त्यसो त आज बिहान यस विषयमा छलफल गर्न दलका शीर्ष नेताहरूले काठमाडौंमा छलफल पनि गरेका छन् । छलफलमा सभामुखलाई राजीनामा गराएर सरकार गठन गर्ने उपयुक्त विकल्पका सम्बन्धमा सहमतिनजिक पुगे पनि सरकारको नेतृत्वका विषयमा नयाँ वहस सृजना भएको बताइएको छ ।
पहिले सभामुखलाई राजीनामा गराउने र त्यसपछि मात्रै सरकारको नेतृत्वका विषयमा छलफल अघि बढ्ने अडान नेपाली कांग्रेसले राखेको छ । कांग्रेसका एक नेताले भने, ‘अब पनि मुख्यमन्त्री बन्ने त नेपाली कांग्रेसबाटै हो । तर, उद्धव थापालाई नै अघि सार्ने कि अर्को व्यक्ति खोज्ने भन्नेमा वहस सृजना भएको छ ।’
अदालतले गठबन्धनबाट मुख्यमन्त्री बनेका थापालाई पदमुक्त गरेपछि नयाँ सरकार बनाउन आह्वान भएको छ । गठबन्धनलाई बहुमत संख्या ४७ पुर्याउन सभामुखलाई राजीनामा गराएर मात्रै सम्भव छ । यसअघि तटस्थ रहेका सभामुखको समेत समर्थन लिएर सरकार गठन गर्दा उद्धव थापाको सरकार २२ दिनमै ढलेको थियोdainiknepal
Discussion about this post