सरकारले बाँदरले अन्नबाली नष्ट गरे किसानलाई वार्षिक १० हजारसम्म क्षतिपूर्ति दिने गरी कार्यविधि संशोधन गरेको छ
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका– ८ किमडाँडाकी खुमादेवी राना मंगलबार बिहानै मकैबारी पुगिन् । मकै ठीकठाक थिए, बाँदर पनि देखिएका थिएनन् । तर, बिहान ११ बजे खाना खान घरभित्र गइन् । ‘बाहिर निस्कँदा त बाँदरले १५–२० डोका मकै च्यातेर सकिसकेको रहेछ,’ उनले भनिन्, ‘छोरा भीमबहादुरसँगै मिलेर बाँदर लखेट्यौँ ।’ च्यातेर नष्ट गरेका मकै आमाछोराले एक ठाउँमा राखेर थुप्रो बनाए । ‘खाने वेलाका मकै भुइँभरि भएपछि मुटु पोल्यो । छोरा नभए बाँदर धपाउन पनि सकिने थिएन,’ उनले भनिन् ।
ad
यस वर्ष खुमाको बारीमा मकै सप्रेको थियो । उनका अनुसार बाँदरले नष्ट नगरेको भए २०–२५ मुरी मकै फल्थ्यो । तर, दुईपटक बाँदरले मकै नष्ट गरिसकेको उनले सुनाइन् । मकै नभाँचुन्जेल बिहान साढे ५ बजेबाट राति ८ बजेसम्म बाँदर धपाउनुपर्ने बाध्यता रहेको रानाले सुनाइन् । किमडाँडाका उमकला बन्जाडे, बलराम बन्जाडे, विष्णुप्रसाद बन्जाडे र देवेन्द्र बन्जाडेको बारीको मकै पनि बाँदरले नष्ट गरेको छ ।
सन्धिखर्क नगरपालिका– ८ का वडाध्यक्ष हुमप्रसाद बन्जाडेले चुनावमा स्थानीयको पहिलो माग बाँदर नियन्त्रण भए पनि नगरपालिका र आफूले केही गर्न नसकेको बताए । उनका अनुसार यसअघि हरेक वडामा हेरालु राख्ने गरिएको थियो, तर प्रभावकारी नभएपछि हटाइएको छ । हाल सरकारले बाँदरले अन्नबाली नष्ट गरे किसानलाई वार्षिक १० हजारसम्म क्षतिपूर्ति दिने गरी कार्यविधि संशोधन गरेको छ ।nayapatrika bata
Discussion about this post