मेची भन्सार कार्यलय लाइ कार्वाही गर्दै राजस्व

0
SHARES
78
VIEWS

मेची भन्सार कार्यालय काँकरभिट्टाबाट बाहिरिएको कन्टेनरले राजश्व छलेको पुष्टि भएको छ । राजश्व अनुसन्धानले कन्टेनर खोलेर छानबिन गर्दा भन्सार प्रज्ञापनपत्रभन्दा बढी र फरक सामान जफत गरेसँगै भन्सारभित्रबाटै राजश्व छली भएको प्रमाणित भएको हो ।

कन्टेनरभित्र राजश्व छलीको सामान भेटिएको राजश्व अनुसन्धान कार्यालय इटहरीले जनाएको छ । सन्तोष खवास प्रोप्राइटर रहेको स्वाभिमान सन्स एन्ड सप्लायर्स मेचीनगरले मेची भन्सारमा तिरेको भन्दा बढी र फरक सामान कन्टेनरमा फेला परेको राजश्व अनुसन्धान कार्यालयका प्रमुख सुरेश आचार्यले बताउनु भयो ।

प्रज्ञापनपत्रमा उल्लेख नभएको अफजल प्रामाणिक स्वादको गुड नाम लेखिएको ८० कार्टुन हुक्काको फ्लेवर, काँचको झ्याली र झ्याम्टा एक हजार किलो र हुक्कामा प्रयोग हुने कोइला ३०० किलो भेटिएको आचार्यले बताउनुभएको हो ।

राजश्वले जफत गरेका सामानबापत ४८ लाख ४१ हजार रुपैयाँ धरौटी माग गरेको छ । कन्टेनरको चालकको हकमा ५० हजार धरौटी कायम गरिएको हो ।राजश्वले पहिलो चरणमा सामान जफत गरी बिगो र धरौटी रकम कायम गरेको छ ।झापाटुडेबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार