मेची सहकारीले सामाजिक संघ संस्थाको कारोवारलाई तीव्रता दिने

0
SHARES
9
VIEWS

गैह्र नाफा मुलक संस्थाहरुलाई सदस्यता वितरण गरेर कारोवारलाई तीव्रता दिने निति लिएको मेची बहुउद्धेश्यीय सहकारी संस्था दमकका अध्यक्ष नारायण भटराईले बताउनु भयो
मेची सहकारीले २७ औं वार्षिक उत्सव तथा २९औं साधारण सभाको जानकारी दिन झापाको दमकमा आज आयोजित पत्रकार भेटघाटमा सामाजिक संघ संस्थालाई सदस्यता दिएर त्यहाँ भित्र कारोवारलाई तीव्रता दिने अध्यक्ष भटराईले बताउनु भएको हो ।
गैह्र नाफा मुलक टोल विकास संस्था,विधालयहरुलाई सदस्य बनाएर यस वर्षवाट बचतको कारोवार सक्रिय रुपमा गर्ने निति लिएको मेची सहकारीका अध्यक्ष भटराईले बताउनु भयो ।
मेची सहकारी संस्थाले आज दमक सेवा केन्द्र अन्तरर्गतको इकाई स्तरीय साधारण सभा दमकको रोयल पार्टी प्यालेसवाट शुरु गरेको छ । मोरङ्गको उर्लावारी, मिक्लाजुङ्ग, पथरी ,इलामको चुलाचुली सेवा केन्द्र लगायत भदौ ३ गते सकिने मेची सहकारीले जनाएको छ । भदौ १२ गते भने निर्णय प्रमाणिकरण गर्ने सभा रहेको छ ।
सदस्यहरुले जुन शिर्षकको कर्जा लैजानु भएको छ । त्यही शिर्षकमा कार्यन्वयन गरे नगरेको अनुगमन गरेर मात्र थप कर्जा दिने निति ल्याएको अध्यक्ष भटराईको भनाई छ ।
मेचीका प्रमुख कार्यकारी अधिकृत खोम प्रसाद वगालेले संस्थाको वित्तीय विवरण प्रस्तुत गर्दै
जुन बजारमा अहिले हल्ला चलेको जस्तो सहकारी संस्था सबै नबिग्रिएको बताउनु भयो । सहकारी संस्था विग्रिने कारण भनेको सहकारीको ज्ञान नभएर अको नियत नै सहकारी बिगार्ने भएका कारण सहकारी संस्था बिग्रिएको प्रमुख कार्यकारी अधिकृत बगालेको दावी छ । पत्रकार सम्मेलनमा पत्रकारको जिज्ञासाको जवाफ दिदै प्रमुख कार्यकारी अधिकृत वगालेले संस्थाले ९० प्रतिशत उत्पादन मुलक र १० प्रतिशत अनुउत्पादक क्षेत्रमा कर्जा लगानी गरेको भएको बताउनु भयो ।
संहकारी संस्थाको सञ्चार उपसमितिको सदस्य विष्णु पोखरलले लगायतले बोल्नु भएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार