सप्तकोशी नदीमा पानीको बहाव यस वर्षकै उच्च

0
SHARES
12
VIEWS

सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव यस वर्षकै उच्च मापन गरिएको छ। जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहका अनुसार पहाडी क्षेत्रमा लगातार भइरहेको वर्षाका कारण बाढी आएपछि कोशी ब्यारेजमा पानीको बहाव उच्च भएको हो।

अहिले कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएका छन्। प्रहरी नायब उपरीक्षक सिंहले ब्यारेजमा खतराको सङ्केतस्वरूप रातो बत्ती बालिएको पनि जानकारी दिए। कोशी ब्यारेज कन्ट्रोल रूमका अनुसार आज बिहान ४ बजेको बहाव चार लाख ६२ हजार क्युसेक मापन गरिएको थियो।

यद्यपि बहाव अहिले केही घट्दो क्रममा छ।

सप्तकोशीमा सन् १९८९ मा चार लाख ७२ हजार क्युसेक मापन भएको थियो। यस वर्ष पानीको बहाव उच्च भएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ। -रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार