बिर्तामोडको सम्पत्ति कर ,वृद्धि र बिस्तारलाई स्थगन

0
SHARES
7
VIEWS

झापाको बिर्तामोड नगरपालिकाले चालू आर्थिक वर्षको लागि नगरपरिषदबाट पारित गरिएको सम्पत्ति करको वृद्धि र बिस्तारलाई स्थगन गरेको छ ।

आज बिहीबारको कार्यपालिका बैठकले अघिल्लो आर्थिक वर्ष २०७९/०८० अनुसार नै कर तथा राजश्व संकलन गर्ने निर्णय गरेको हो ।

स्थानीय करदाताबाट उठेका गुनासाहरु, देशकै आर्थिक धरासयीको अवस्था, बजारको प्रतिकुलता र जनतामा आएको नैरास्यता समेतलाई ध्यानमा राख्दै कर वृद्धिलाई स्थगन गरिएको नगर प्रमुख पवित्रादेवी महतराले जानकारी दिइन् । उनले सम्पत्ति करलाई साविक बमोजिम कायम गर्दा वडा तथा नगरका योजना प्रभावित हुने पनि बताइन् ।

स्मरण रहोस्, हिजोमात्र नेकपा एमाले झापा जिल्ला कमिटीको तर्फबाट अध्यक्ष दिपक कार्कीले वृद्धि गरिएको कर संशोधन गरी साविक दरमा नै संकलन गर्न १५ वटै पालिकालाई आग्रह गरेका थिए । संयोग वा निर्देशनको पालना, जे भए पनि बिर्तामोडका बासिन्दालाई यो वर्ष करमा थप भार बहन गर्नु नपरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार