बैदेशिक रोजागारीको सिलसिलामा तीन वर्षअघि ओमन गएकी एक युवती इराकमा बेचिएको खुलासा भएको छ । झापाको अर्जुनधारा – ६ लक्ष्मीपूर माता मन्दिर छेऊ घर भएकी ३० वर्षीया कमला मुर्मूलाई इराक पु¥याएर बेचेको परिवारले दावी गरेको छ । बिर्तामोडस्थित समुन्नत नेपालको कार्यालयमा विहीवार (आज) पीडित परिवारका तर्फबाट पत्रकार भेटघाटको आयोजना गरी कमलाकी आमा लखी मुर्मूले आफ्नी छोरीलाई इराक पु¥याएर बेचेको बताएकी हुन् ।
इटहरीको बाँसवारी घर भएका गोविन्द कट्टेल र बिर्तामोड १ का मदन खरेलले छोरीलाई ओमनमा रोजगारी दिलाउने भन्दै बिदेश पु¥याएको र इराकमा लगेर बेचेको आमा लखीले बताएकी छिन् ।
तीन वर्षदेखि वैदेशिक रोजगारीमा रहेकी छोरी हालसम्म सम्पर्क विहीन भएको र केही समय अघि मात्रै उनी सम्पर्कमा आएर आफू बेचिएको बताएसँगै उनको उद्धार गरीदिन आमा लखीले आग्रह गरेकी हुन् ।
‘कमलालाई श्रीमानले छाडेपछि आठ वर्षकी छोरी काजललाई मेरो जिम्मा लगाएर कमाउन जान्छु है आमा भन्दै ऊ विदेश गएकी हो’ लखीले भनिन् ‘तीन वर्षसम्म छोरीको अत्तोपत्तो थिएन । अहिले छोरी सम्पर्कमा आइन् तर उनलाई उद्धार गर्नु पर्ने भयो । हाम्रो बल बुताले नभ्याएपछि तपाईहरुलाई गुहारेकी हुँ । छोरीको उद्धारमा सहयोग पु¥याइदिनुहोस् ।’
कमला २०७७ साल भदौ १० गते ओमन जाने भनेर घरबाट हिँडेकी आमा लखीले बताइन् । ‘तर, उनलाई इराक पु¥याएर बेचिए छ’ आमा लखीले रुँदै भनिन् ‘बेचिएकी छोरीको उद्धारका लागि धेरैलाई गुहार मागे तर हाम्रो आवाज कसैले सुनेन ।’
विदेश गएकी छोरी सम्पर्कमा नआएपछि जिल्ला प्रशासन कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनी, अर्जुनधारा नगरपालिका, वडा कार्यालय, माइती नेपाल लगायतका संघ संस्थासँग छोरीको खोजी गरिदिन आग्रह गरेको बताउँदै आमा लखीले आजसम्म सुनुवाई नभएको बताइन् ।
‘छोरी सम्पर्कमा आएसँगै उनले आफूलाई तत्काल उद्धार गर्न भन्छिन्’ लखीकी छिमेकी संगीता प्रसाई बंशलले भनिन् ‘हाम्रो कुरा कस्ले सुनिदिने, जानेजति सबै ठाउँ पुग्यौ तर, उनको उद्धार कतैबाट भएन ।’
विदेश गएकी कमला बेपत्ता भएसँगै उनलाई विदेश पठाउने एजेन्ट कट्टेल र खरेललाई डेढ वर्षअघि घरबाटै पक्राउ गरी इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याएर छलफल गराएको र त्यत्तिबेला उनीहरुले १५ दिन भित्र छोरीलाई नेपाल झिकाइदिने भनेका थिए । तर, हालसम्म छोरीको उद्धार हुन नसकेको लखीले गुनासो गरिन् ।
कमला यसअघि पनि कुवेत गएकी थिइन् । उनी दुई वर्षसम्म कुवेतमा काम गरेर नेपाल फर्किएपछि छोरीको सुन्दर भविश्य बनाउने उद्धेश्यले पुनः ओमन गएको बताइएको छ । ओमन जाने भनेर गएकी छोरीलाई इराक पु¥याइएर बेचेको उनकी आमा लखीको भनाई छ ।
यता सम्मनुत नेपालकी सञ्चालक तथा महिला अधिकारकर्मी कोपिला बस्नेतले कमलाको उद्धारमा सहयोग पु¥याइदिन सरोकारवाला सबैमा आग्रहसमेत गरेकी छिन् । कमलालाई बिदेश पठाउने एजेन्ट कट्टेललाई सम्पर्क गर्दा उनको फोनमा भने सम्पर्क हुन सकेन । sabdapatra
Discussion about this post