होटल ब्यवसायी संघ झापाको १० औं जिल्ला अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।
अधिवेशन उद्घाटन सत्रलाई प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईँले सम्बोधन गर्दै पर्यटन प्रवद्र्धनका लागि होटल ब्यवसायीले महत्वपूर्ण भूमिका खेलेको बताइन् ।
होटल ब्यवसायलाई मर्यादित ब्यवसाय बनाउनुपर्नेमा जोड दिदैं होटलको प्रर्वद्धनका लागि स्थानीय तहबाट सहयोग गर्ने बचन दिइन् । संघसँग नगरपालिकाले बिगतमा पर्याप्त सहकार्य गरेको स्मरण गर्दै नगर प्रमुख प्रसाईँले आगामी दिनमा पनि सहकार्य र सहयोगको निरन्तरता रहने प्रतिबद्धता जनाइन् ।
होटल ब्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष देवी गौतमले सरकारले लगानीको वाताबरण बनाए ब्यवसायी लगानीका लागि तयार रहेको बताए । उनले झापा वा कोशी प्रदेशलाई भ्रमण बर्षका रुपमा मनाउनका लागि प्रस्ताव गर्न उनले ब्यवसायीलाई आग्रह गरे । कार्यक्रममा होटल ब्यवसायी संघ कोशीका अध्यक्ष राजेन्द्र दङगाल लगायतले शुभकामना दिएका थिए ।
होटल ब्यवसायी संघ झापाकी अध्यक्ष ईन्दिरा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सचिव ख्याम ओलीले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिब शिव पौडेलले गरेका थिए । कार्यक्रममा अध्यक्ष श्रेष्ठले तयार पारेको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । उनले आफ्नो कार्यकालमा भएका प्रगति विवरण प्रस्तुत गरेकी हुन् ।
Discussion about this post