राजकुमार अोली ।दमक
दमकका सुकुम्वासीलाइ धनिपुर्जा वितरणको अन्तिम तयारी गरिएको छ ।
राष्ट्रिय भूमि आयोगले झापाका दमक र कचनकवल गाउंपालिकामा धनिपुर्जा वितरणको अन्तिम तयारी गर्न निर्देशन दिएसगै आउने निकट समयमा नै धनिपुर्जा वितरण गर्न लागिएको हो ।दमक र कचनकवलका बासिन्दालाई जग्गा प्राप्तिका लागि निवेदन दिन आग्रह गरिएपछि स्थानिन सुकुम्वासीहरु उत्साहित भएका छन ।
लामो समय देखि थाती रहेको धनिपूर्जाको विषयले झापाका नागरिकहरु हैरान भएका छन तर अव आउने दिनमा नागरिकहरुले आफनै नाममा धनिपूर्जा प्राप्त हनुेमा आसा पलाएका बताएका हुन ।
आयोगले झापाको कचनकवल गाउँपालिका र दमक नगरपालिकाका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा प्राप्तिको लागि निवेदन दिन आग्रह गरेको हो ।
एक सूचना निकाल्दै ३५ दिनभित्र भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवेदन दिन आयोगले आग्रह गरेको झापाका आयोग अध्यक्ष तिलक पाण्डेले जानकारी दिनुभएको हो
आयोगले भनेको छ ,तोकेको ढाँचाबमोजिम निवेदन फाराम ३५ दिनभित्र स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलकमार्फत निवेदन पेस गर्न पनि आयोगले सूचित गराएको छ ।दमकमा सुकुम्वासीलाइ निवेदन दिने भुमि आयोगका अनुरोध
Discussion about this post