झापाका २३ वटा सहकारी खारेजी प्रक्रियामा

0
SHARES
32
VIEWS

झापाको विभिन्न पालिकामा सञ्चालित दुई दर्जन् सहकारीको खारेजी प्रक्रिया अघि बढेको छ । नियमित प्रक्रिया पुरा गर्न नसकेका सहकारीहरुको खारेजी तयारी गरिएको हो ।

कोशी प्रदेश सकारी रजिस्ट्रार कार्यालयले झापाका २३ वटा सहकारीलाई खारेजी प्रक्रियामा लैजाने सूचना सार्वजनिक गरेको छ । एक सूचना जारी गर्दै कार्यालयका निमित्त रजिस्ट्रार हरिबहादुर खत्रीले लामो समयदेखि साधारणसभा नगरेका सहकारीहरुलाई खारेजी प्रक्रियामा लगिएको जानकारी दिनुभयो ।

कतिपय सहकारीहरुले भने २ वर्षदेखि प्रतिवेदन समेत पेश नगरेको उल्लेख गरिएको छ ।

गौरादहको गौमाता कृषि सहकारी, घोपाली कृषि सहकारी, मेचीनगरको बहुमुखी सहकारी, मितेरी बचत तथा ऋण सहकारी, फक्ताइलुङ बहुउद्देश्यीय सहकारी संस्था, हल्दिवारीको मित्रता कृषि सहकारी संस्था, जनज्योती सहकारी संस्था, भद्रपुरको ऐचोपैचो बचत तथा ऋण सहकारी, कुमारी बचत तथा ऋण सहकारी, अर्जुनधाराको उर्वरा कृषि सहकारी, परिस्कृत कृषि सहकारी, कनकाईको समन्यायिक बचत तथा ऋण सहकारी संस्था, सुर्य कृषि सहकारी संस्था, अमृत दुग्ध विकास सहकारी, जनता बहुमुखी सहकारी, तोपगाछीको कमल कृषि सहकारी, त्रिगंगा कृषि सहकारी, गौरीगञ्जको गौरीगञ्ज बतथ तथा ऋण सहकारी संस्था, शिवसताक्षीको भाग्यदयो बचत तथा ऋण सहकारी संस्था, बाह्रदशीको हाम्रो प्रजापति कृषि सहकारी, सिघ्र संमृद्धि बहुउद्देश्यीय सहकारी र युवा स्वरोजगार बहुउद्देश्यीय सहकारी खारेजीको लागि प्रक्रिया अघि बढाइएको छ ।

प्रदेश सहकारी कार्यालयले खारेजी गर्नुपर्ने कुनै कारण नभए ३५ दिनभित्र सम्पर्क गर्न आग्रह गरेको छ ।nayapepar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार