कर्मचारीलाई दैनिक २०० रुपैयाँ खाजा भत्ता

0
SHARES
19
VIEWS

कोशी प्रदेश सरकारले कर्मचारीलाई दैनिक २०० रुपैयाँ खाजा भत्ता दिने भएको छ ।

यसअघि शेरधन राई नेतृत्वको सरकारले २०७८ असारमा कर्मचारीलाई दैनिक १०० रुपैयाँ खाजा खर्च दिने निर्णय गरेको थियो । तर एमालेकै हिक्मतकुमार कार्की नेतृत्वको सरकारले कर्मचारीलाई दैनिक २०० रुपैयाँ खाजा खर्च दिने निर्णय गरेको हो ।

तर विद्युतीय हाजिरका आधारमा हाजिर भएको दिनको मात्र खाजा खर्च पाउने कोशी सरकारका प्रवक्ता मन्त्री तिलकुमार मेन्याङ्बोले जानकारी दिए ।

‘दिनको २०० रुपैयाँ खाजा भत्ता दिने, विद्युतीय हाजिरबाट जति दिन देखिन्छ त्यो हिसाबले मात्र दिने । किनभने खाजा खाने भनेको कार्यालयमा काम गरेवापत दिने हो, त्यसैले यसलाई वैज्ञानिक हिसाबले सम्बोधन गर्नुपर्छ भनेर निर्णय गरेका छौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार