अन्तर्राष्ट्रिय झापाली समाजको चौथो अन्तर्राष्ट्रिय महाधिवेशन कात्तिकको दोस्रो साता हुने

0
SHARES
7
VIEWS

अन्तर्राष्ट्रिय झापाली समाजको चौथो अन्तर्राष्ट्रिय महाधिवेशन कात्तिकको दोस्रो साता हुने भएको छ ।

संसारभरि रहेका झापालीहरुलाई संगठित गर्ने उद्देश्यले २०७३ सालमा स्थापना भएको संस्थाको चौथो महाधिवेशन यही कात्तिक ११ र १२ गते हुने भएको समाजका प्रवक्ता खेमराज जम्मरकट्टेलले जानकारी दिए ।

चौथो अन्तर्राष्ट्रिय महाधिवेशन झापाको बिर्तामोड हुनेछ । यो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । समाजमा यसअघि भवानी ओली, दिनेश पोखरेल र छत्र सुब्बा अध्यक्ष भइसकेका छन् । हाल दिपक ओली अध्यक्ष छन् ।

हाल विश्वका ४१ राष्ट्रमा झापाली समाजको राष्ट्रि समिति बिस्तार गरिसकेको समाजले स्थापनाको छोटो अवधिमा सामाजिक तथा शिक्षाको क्षेत्रमा उल्लेख्य योगदान पुर्याइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार