दुई नातिको संयोग कथा: हिमालपारिको वाइन उत्पादन, ब्रान्डिङमा तेस्रो पुस्ता

0
SHARES
14
VIEWS

चट्टानी भीरमुनिको समथर भूभाग अर्थात् मनाङको भ्राताङ। ४० वर्ष अघिसम्म मर्स्याङ्दी तरेर मनाङको यो विकट गाउँमा पुग्नु कल्पना बाहिर थियो। त्यहीबेला अनकन्टार क्षेत्रमा स्याउ फैलाउने सोच बनाए पेमा छिरिङ गुरुङले।

न सडक पुगेको थियो न बिजुलीसहित अन्य सुविधाको राम्रो पहुँच नै। यस्तो अवस्थामा स्याउ उत्पादनलाई व्यावसायिक बनाएर मनाङलाई चिनाउन सकिन्छ भन्नेमा पेमा छिरिङ दृढ थिए।

कुनै बेला राष्ट्रिय पञ्चायत सदस्य समेत रहेका उनले भ्राताङमा रैथाने स्याउ खेती थाले। त्यसपछि मनाङका अन्य ठाउँमा स्याउ रोप्न सुरु भयो। तर, सडक सञ्जालले नजोडिएको हिमालपारिको मनाङमा स्याउ खेती व्यावसायिक हुन सकेन।

पेमा जसरी मनाङको स्याउलाई चिनाउन जुटेका थिए करिब त्यही समयमा काठमाडौंबाट मुस्ताङ र मनाङ पुगेका सत्यलाल रञ्जितकार त्यहाँको उत्पादन खेर जान नदिने अभियानमा जुटे। बागबानी विशेषज्ञ सत्यलाललाई सरकारले त्यसबेला ‘वाइन’ उत्पादनबारे ज्ञान हासिल गर्न विदेश नै पठायो। नेपाल फर्केपछि उनी धेरै पटक मुस्ताङ पुगे। मनाङ पनि पुगे। उनले विशेषगरि मुस्ताङमा फलाइने स्याउ खेर गइरहेको देखे। त्यसपछि ती स्याउको प्रयोग गरेर वाइन र ब्रान्डी बनाउन सकिनेबारे अध्ययन थाले।

पेमा र सत्यलालले करिब एकै समयमा हिमालपारिको स्याउलाई चिनाउने जमर्को गरेका थिए। उनीहरुले थालेको त्यही अभियानलाई उनीहरुका छोराले पनि साथ दिए।

काठमाडौंको जैसीदेवलमा रहेको आफ्नै घरमा स्याउको वाइन बनाउन सुरु गरे। पछि चोभारमा कम्पनी नै खोले। तर, त्यसबेला अहिलेजस्तो वाइनको बजार थिएन। त्यसैले व्यावसायिक आकार लिन नै सकेन।

पेमा र सत्यलालले करिब एकै समयमा हिमालपारिको स्याउलाई चिनाउने जमर्को गरेका थिए। उनीहरुले थालेको त्यही अभियानलाई उनीहरुका छोराले पनि साथ दिए।

पेमाले छोरा पाल्तेन गुरुङलाई ‘आफूमात्रै सम्पन्न भएर हुँदैन, गाउँ पनि बनाउनुपर्छ’ भनेका थिए। त्यसपछि उनी आफ्नो बुबाले रोपेको स्याउको बिउलाई मनाङभर फैलाउन जुटे। यसका साथै होटल र अन्य व्यवसायमा पनि उनी सक्रिय भए। सन् १९९४ ताका ठेमलमा होटल मुनलाइट सञ्चालनमा ल्याए उनले। व्यावसायिक विस्तारकै बीच फेरि सन् २०१३ तिर मनाङमै स्याउ खेती विस्तार गर्ने योजना बनाए उनले। अनि सन् २०१४ मा मुनलाइट होटल छाडेर उनी छोराहरुसँगै मनाङ फर्किए।

अहिले पाल्तेनका छोरा युवराज स्याउलाई पहिचान दिन लागिपरेका छन्। भ्राताङमै उनीहरुले एग्रो मनाङ प्रालि खोलेका छन्‚ जसले त्यहाँ उत्पादित स्याउलाई ‘हिमालयन फ्रेस’को नाममा बजारीकरण गरिरहेको छ। मनाङ पुग्ने धेरैका लागि उनीहरुले सञ्चालन गरिरहेको स्याउ फार्म लोभलाग्दो गन्तव्य बनिरहेको छ।

‘हामीले विदेशबाटै विशेषज्ञ ल्याएर यहाँ स्याउ खेती सुरु गर्‍यौं। यहाँको फार्मले पनि मनाङलाई पहिचान दिएको छ,’ एग्रो मनाङका प्रबन्ध निर्देशक युवराजले भने, ‘अहिले स्याउ खेती गरिरहेको तेस्रो पुस्ताका रुपमा काम गर्न पाउँदा खुसी छु।’

भ्राताङको स्याउ खेती भइरहेको क्षेत्र र फार्म हाउस
‘हाम्रो अरु व्यवसाय पनि थियो। बुबाले मनाङमै केही गर्नुपर्छ भन्नुभयो। हामीले काठमाडौंमा होटल छाड्नुअघि नै मनाङमा स्याउ खेती सुरु गरिसकेका थियौं। त्यसपछि हाम्रो धेरै फोकस यतै रह्यो,’ गुरुङले भने।

युवराज मनाङमा स्याउ खेतीको सम्भावना निकै रहेको तर यो ‘अनएक्सप्लोर्ड’ भएको बताउँछन्।

‘हामीले विदेशबाटै विशेषज्ञ ल्याएर यहाँ स्याउ खेती सुरु गर्‍यौं। यहाँको फार्मले पनि मनाङलाई पहिचान दिएको छ,’ एग्रो मनाङका प्रबन्ध निर्देशक युवराजले भने, ‘अहिले स्याउ खेती गरिरहेको तेस्रो पुस्ताका रुपमा काम गर्न पाउँदा खुसी छु।’

केही वर्षअघि ‘कमन फ्रेन्ड’ का माध्यमबाट युवराज र आश्रयको भेट भएको थियो। त्यही सिलसिलामा स्याउको प्रसंग उठ्यो। अनि दुवैले आफ्नो पुस्तैनी पेसाका प्रसंग साटासाट गरे। अनि उनीहरु मिलेर मनाङको स्याउबाट वाइन बनाउने निर्णयमा पुगे।

भ्राताङको स्याउ फार्म र युवराज गुरुङ
यता काठमाडौंमा सत्यलालले सुरु गरेको वाइन उत्पादनको लिगेसीलाई उनका छोरा महेश्वरलाल रञ्जितकारले पनि पछ्याए। संखुवासभामा मकालु वाइन इन्डस्ट्री सुरु गरेर हिंवा वाइन बजारमा ल्याए उनले। वाइनको बजार विस्तारै बढ्न थाल्यो। पछि महेश्वरका छोरा आश्रय रञ्जितकार पनि यो पेसामा जोडिए। आश्रयले वाइन मेकिङमै दक्षता हासिल गर्दै गए।

काठमाडौंको कोर क्षेत्रभित्रको जैसीदेवलमा घर भएका आश्रय धरानमा हुर्किए। त्यहीँ नै उनले बाजेको लिगेसी बुबाबाट जानकारी पाए।

‘वाइन मेकरको तेस्रो पुस्ताका रुपमा अहिले यो पेसामा छु। अब यसलाई थप बलियो बनाउनेतिर लागिरहेको छु,’ आश्रयले भने।

अहिले स्याउ खेती र वाइन मेकरको तेस्रो पुस्ता युवराज र आश्रय एकसाथ उभिएका छन्। दुवैको उद्देश्य छ मनाङको स्याउलाई बजार दिने।

केही वर्षअघि ‘कमन फ्रेन्ड’ का माध्यमबाट युवराज र आश्रयको भेट भएको थियो। त्यही सिलसिलामा स्याउको प्रसंग उठ्यो। अनि दुवैले आफ्नो पुस्तैनी पेसाका प्रसंग साटासाट गरे। अनि उनीहरु मिलेर मनाङको स्याउबाट वाइन बनाउने निर्णयमा पुगे।

‘कुरा गर्दा गर्दै हाम्रो सम्बन्ध स्याउसँग जोडियो। उहाँ (युवराज) पनि स्याउको बजारीकरण र प्रयोग विस्तार गर्ने योजनामा‚ म पनि कसरी स्याउ भने पछि बाजेले देखेको सपना याद आयो। र‚ हामी साथमा जोडियौं,’ आश्रयले भने, ‘अझ दुवैजना आआफ्नो पेसाको तेस्रो पुस्ता भएकाले पनि हाम्रो कुरा मिल्यो।’

उनका अनुसार भ्राताङको वाइनेरी संसारकै सबैभन्दा उच्च भागमा संचालित वाइनेरी मध्येमा पर्न सक्छ। अझ स्वदेशी स्याउबाट उत्पादित पहिलो वाइन ‘मनाङ भ्याली’ नै रहेको उनको दाबी छ।

आश्रय रञ्जितकार
युवराज पनि स्याउको ‘लिंक’ र तेस्रो पुस्ता भएका कारण आश्रयसँग जोडिएको बताउँछन्।

‘मलाई स्याउ खेती आउने‚ उहाँलाई वाइन बनाउन। अझ दुवै जनाले बाजेले देखेको सपना पूरा गर्न लाग्दा हाम्रो कुरा पनि मिल्यो। दुवै मिलेर स्याउको ब्रान्डिङ गर्दैछौं,’ युवराजले भने।

भ्राताङमा रहेको स्याउ फार्मसँगै अहिले वाइन उत्पादन सुरु भइसकेको छ। समुद्र सतहभन्दा ३००० मिटर उचाइमा रहेको भ्राताङमा उत्पादित वाइनको गत असोज १० गते मनाङ भ्यालीवाइन ‘लन्च’ गरिएको थियो।

‘मनाङलाई ब्रान्ड र डेस्टिनेसन बनाउने हाम्रो उद्देश्य हो। यहाँ फार्ममा आएर स्याउ हेर्दै अब वाइन टेस्टिङ पनि गर्न सकिन्छ,’ आश्रयले भने।

उनका अनुसार भ्राताङको वाइनेरी संसारकै सबैभन्दा उच्च भागमा संचालित वाइनेरी मध्येमा पर्न सक्छ। अझ स्वदेशी स्याउबाट उत्पादित पहिलो वाइन ‘मनाङ भ्याली’ नै रहेको उनको दाबी छ।

भ्राताङको स्याउ फार्म ७३५ रोपनीमा फैलिएको छ। मनाङ गाउँमा रहेको एयरपोर्ट क्षेत्रमा अर्को ४०० रोपनीमा स्याउ उत्पादन भइरहेको छ। यहीँका स्याउ प्रयोग गरेर वर्षमा दुई लाख लिटर वाइन उत्पादन गर्ने लक्ष्य रहेको आश्रय बताउँछन्। आफ्नो फार्ममा मात्रै नभएर मनाङका कृषकले खेती गरेको स्याउलाई समेत किन्ने योजना कम्पनीको छ।

करिब १० करोड लगानीमा वाइन उत्पादनका लागि मनाङ विभिरेज खोलिएको हो मनाङमा। तर त्यसको सञ्चालन सोचेजस्तो सजिलो छैन। बिजुलीको नियमित आपूर्ति नहुँदा समस्या गाउँभरिलाई हुन्छ।

वाइन उत्पादन स्थल
‘४-५ वर्षसम्म हामीलाई यहीँको स्याउले वाइन उत्पादन गर्न पुग्छ। हामी यहाँको स्याउलाई प्रयोग गर्छौं,’ उनले भने।

करिब १० करोड लगानीमा वाइन उत्पादनका लागि मनाङ विभिरेज खोलिएको हो मनाङमा। तर त्यसको सञ्चालन सोचेजस्तो सजिलो छैन। बिजुलीको नियमित आपूर्ति नहुँदा समस्या गाउँभरिलाई हुन्छ। जसकारण वाइन उत्पादनमा पनि समस्या पर्ने नै भयो। त्यसैले आफ्नै लगानीमा १०० किलोवाटको आफ्नै जलविद्युत् आयोजना नै निर्माण गरेको बताउँछन् एग्रो मनाङका प्रबन्ध निर्देशक युवराज गुरुङ।

‘दुई करोड लगानीमा हामीले यही सानो जलविद्युत आयोजना बनायौं। कम्पनीलाई हामीले सेल्फ सस्टेनिङ बनाएका छौं,’ युवराजले भने।

युवराज र आश्रय जति यहाँको स्याउ चिनाउन चाहन्छन्, त्यति नै यहाँको दु:ख विश्वलाई देखाउन चाहन्छन्। मनाङसम्म पुग्ने एकमात्र सडकमार्गको अवस्थालाई बुझाउन नै करिब ३५०० मिटर उचाइमा रहेको सब्जे तालमा वाइन लन्च गरेको उनीहरुले बताए। सडक सकसले उनीहरुको लगानी र ढुवानी खर्च पनि बढाएको छ।

अहिले भ्राताङको स्याउ फार्मबाट वार्षिक करिब ६०० टन स्याउ उत्पादन हुन्छ। ती स्याउ अहिले काठमाडौं लगायत सहरी क्षेत्रमा बिक्री भइरहेका छन्।

पूर्वसांसदसमेत रहेका पाल्तेन आफ्नो पहलमा अहिले मनाङसम्म जोड्ने सडक बनेको बताउँछन्। आमाबुवाको नाममा खोलिएको ट्रस्टबाट एक करोडको लागतमा सडकको ट्रयाक खोल्न सफल भएको उनले सुनाए। जसकारण पनि अहिले मनाङ र तिलिचो जानेलाई राहत मिलेको उनले सुनाए। तर, बाटो बनाउने नाममा राजनीति हुँदा भने उनी दु:खी छन्। छोरा युवराज पनि ठेकेदारले राम्ररी काम गरे आउने दुई वर्षमा बेशीशहरबाट चामे पुग्ने समय अवधि निकै घट्ने बताउँछन्।

अहिले भ्राताङको स्याउ फार्मबाट वार्षिक करिब ६०० टन स्याउ उत्पादन हुन्छ। ती स्याउ अहिले काठमाडौं लगायत सहरी क्षेत्रमा बिक्री भइरहेका छन्। कठिन भू-बनोट र अप्ठ्यारो बाटोले उनीहरुको उत्पादन लागत बढी पर्छ जसकारण काठमाडौंसम्म आइपुग्दा स्याउको मूल्य अलि महंगो नै हुन्छ। वाइनको मूल्य पनि अरुभन्दा महंगो भए पनि त्यसले बजार लिनेमा उनी विश्वस्त छन्।

‘बोटलहरु यहाँबाट ल्याउने लग्न सडकको अवस्था नाजुक छ। पहिलो लट ल्याउँदा नै कति फुटे। यही सञ्चालन गर्नुपर्छ भन्ने पनि थिएन वाइनेरी। तर संसारले मनाङलाई चिनोस् भनेर हामीले यो रिस्क लियौं,’ आश्रय भन्छन्।

आउने दिनमा मनाङ घुम्न आउने र तिलिचो जान आउनेका लागि भ्राताङ स्याउसँगै वाइन टेस्टिङको हब बनाउने उनीहरुको उद्देश्य छ। सँगै स्याउको सुकुटी, चिप्स लगायत बनाएर बजार बढाउने पनि योजना छ।

भ्राताङको स्याउ फार्म
युवराजले सात गाउँको खेत भाडामा लिएर अहिले खेती भइरहेको स्याउ फार्मबाट प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सयौं जनाले काम पाइरहेको बताए।

‘यसले यहाँ रोगजारी सिर्जना पनि गरेको छ,’ युवराजले भने,’सहरबाट ल्याएर यहाँ काम गराइरहेका छौं।,’ उनले भने।

आउने दिनमा मनाङ घुम्न आउने र तिलिचो जान आउनेका लागि भ्राताङ स्याउसँगै वाइन टेस्टिङको हब बनाउने उनीहरुको उद्देश्य छ। सँगै स्याउको सुकुटी, चिप्स लगायत बनाएर बजार बढाउने पनि योजना छ।bizmandubata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार