अवैध रुपमा नेपाल भित्र्याइएको कस्मेटिक सामानहरु पक्राउ

0
SHARES
17
VIEWS

अवैध रुपमा नेपाल भित्र्याइएको कस्मेटिक सामानहरु धुलाबारी प्रहरीले पक्राउ गरेको छ। बरामद गरिएको सामानहरुमा उक्त ब्रान्डका फेसवास, मोइस्चराइज क्रिम, सनस्क्रिन क्रिम लगायतका सामग्री रहेको छ।

हिजो राति ८ बजेको समयमा मेचिनगर नगरपालिका वडा नं.१५ स्थित बिचार्ने चोकमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलिले भारत बाट नेपाल तर्फ भन्सार छलि लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा उक्त सामान बरामद गरेको हो ।

उक्त बरामद गरिएको सामानको बजार मुल्य अं.मु.रु.४,०५,०२७।- बराबरको विभिन्न किसिमको कस्मेटिक सामानहरु नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी मेचि भन्सार कार्यालय काकँरभिट्टा झापामा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार