लागू औषध मुद्दामा दमकका भण्डारी पक्राउ

0
SHARES
54
VIEWS

बैकिङ कसुर र लागू औषध मुद्दामा फरार रहेका दुई जना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ का ५६ बर्षिय डमरु दास र दमक नगरपालिका वडा नम्बर १ का ५२ बर्षिय खडानन्द भण्डारी रहेका छन् ।

उच्च अदालत विराटनगर इलाम इजलास र झापा जिल्ला अदालतको बिभिन्न मितिहरुको फैसला भएर फरार भएका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

झापा जिल्ला अदालतको मिति २०८०/०१/१४ गतेको फैसला अनुसार लागूऔषध मुद्दामा १ बर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना फैसला भई फरार रहेका डमरु दास र उच्च अदालत विराटनगर इलाम इजलासको मिति २०७८/११/२५ गतेको फैसला अनुसार बैंकिङ कसुर मुद्दामा १५ दिन कैद र ६ लाख ४८ हजार रुपैयाँ जरिवाना फैसला भई फरार रहेका खडानन्द भण्डारी पक्राउ गरी झापा जिल्ला अदालतमा फैसला कार्यान्वयनको लागि उपस्थित गराएको प्रहरीले जनाएको छ ।

अदालतको आदेश अनुसार उनीहरुलाई कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार