सुकुम्वासी बस्तीकी २ सन्तानकी आमाले जन्माइन एकैपटक तिम्ल्याहा बच्चा

0
SHARES
5
VIEWS

झापा गौरीगञ्जकी एक महिलाले तिम्ल्याहा बच्चालाई जन्म दिएकी छिन् । गौरीगंज गाउँपालिका-४ स्थित भवानीपुर सुकुम्वासीकी रविना ताजपुरियाले नोबेल मेडिकल कलेज विराटनगरमा एकै पटकमा तीन बच्चालाई जन्म दिएकी छिन् ।

उनले तेस्रो सन्तानको रुपमा तीन वटा छोरालाई जन्म दिएका हुन् । अहिले आमा र तीन वटै बच्चाको स्वास्थ्य अवस्था राम्रो रहेको सञ्जय ताजपुरियाले जानकारी दिए । विपन्न परिवारकी रविनालाई बच्चाहरूको पालन पोषण गर्न गाह्रो हुने भएकोले गाउँपालिकामा आवश्यक सहयोग गर्नेबारे छलफल भइरहेको जनाइएको छ ।

तिम्ल्याहा बच्चाको जन्म सात महिनामै भएको पारिवारिक स्रोतले जनाएको छ । सुत्केरी बेथा लागेपछि गौरीगंज अस्पताल पुगेकी ताजपुरियालाई अस्पतालमा प्रसूति सेवा र शल्यक्रिया नहुने भएपछि आम्दा अस्पताल दमक पुर्‍याइएको थियो ।

त्यहाँ पनि सम्भव नभएपछि नोबेल लगिएको थियो । हाल बच्चा र आमा चारै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ। ताजपुरियाकी पहिलो र दोस्रो गरी २ सन्तान पहिले देखि नै छन्। Times Of Pradesh

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार